२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

गैर आवासीय नेपाली संघको विवाद: साइबर क्राइमसम्म पुग्यो निवेदन



अ+ अ-

काठमाडौँ । गैर आवासीय नेपाली संघको विवाद झनै बढ्दै गएको छ ।

कार्तिक २ गते मतदानपछि आएको नतिजासँगै विवाद चुलिएको हो । अहिलेको नतिजाअनुसार बद्री केसी संघको अध्यक्षमा निर्वाचित भएपनि यसलाई मान्यता दिन नसकिने पराजित पक्षले बताएको छ ।

महासचिवका उम्मेदवार रहनुभएका बुद्धि सुवेदीले निर्वाचन अपेक्षा गरेअनुसारको नभएको र भेरो भोटिङ अनलाइन कम्पनी रसियन कम्पनी भएको र अस्टे«लियामा दर्ता रहेको तर यो कम्पनीले ह्याक गरेर नतिजा निकाल्ने भएकाले विश्वास नलागेको बताउनु भयो । अमेरिकामा पनि यस्तो नतिजा आएकाले धेरै विवाद नगरेपनि अहिले प्रमाणित भएको बताउनु भयो । उहाँले यस नतिजाले ८० लाख गैर आवासीय नेपाली भएको संस्थाले विश्वास गुमाएको बताउनु भयो ।

उहाँले उपाध्यक्षका उम्मेदवार डा. केशव पौडेलको मत नेपालबाट खसेको शुन्य मत रहेकाले पनि प्रमाण स्वत: सिद्ध हुने बताउनु भयो । उहाँले साइबर क्राइममा समेत यस विषयमा निवेदन हालेको बताउनु भयो । उहाँले परराष्ट्र मन्त्रालयले पछिल्लो आफ्नो जानकारीअनुसार निर्वाचन प्रक्रियालाई स्थगत गर्नु र मान्यता नदिनु भन्ने परिपत्र गरेको उल्लेख गर्नुभयो ।

त्यस्तै निर्वाचित उपाध्यक्ष हेमराज शर्माले अनलाइन भोटिङबाट आएको परिणामलाई पनि स्वीकार गर्न सक्नुपर्ने बताउनु भयो । उहाँले एक उपाध्यक्षका उम्मेदवारको नेपालबाट खसेको मत शुन्य हुनु समस्याको जड रहेको बताउनु भयो । उहाँले शुन्य हुनु नहुनुपर्ने भएपनि मत नहराएको तर टेबुलमा मत गणना गर्न त्रुटी भएको हुनसक्ने बताउनु भयो ।

उहाँले भेरो आएर यथार्थलाई भनिदिनुपर्ने बताउनु भयो । उहाँले पुन: गणना गर्नुपरे पनि आफूहरु तयार रहेको बताउनु भयो ।