७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नागरिक लगानी कोषलाई समयानुकूल बनाउन सरकार प्रतिवद्धः कार्यवाहक प्रधानमन्त्री वाग्ले News Polar नागरिक लगानी कोषको ४९ प्रतिशत रकम स्थिर निक्षेपमा राखिनु चिन्ताको विषय : सांसद बराल News Polar सातवटै प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, असोज २१ गते एकैदिन प्रदेशको अधिवेशन गर्ने News Polar जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस News Polar ११ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ News Polar विमानस्थलबाट चुरोट तथा सुर्तीजन्य पदार्थ बरामद News Polar विदेशमा रहेका नेपालीका माग सम्बोधन गर्न एमाले सकारात्मक हुनुपर्छ : डा. अधिकारी News Polar नागरिक कोषको रकम रियल इस्टेटमा लगानी गर्ने प्रस्ताव संविधानविपरीत : सांसद तामाङ News Polar चीनद्वारा नास्टलाई डीएनए परीक्षणका उपकरण र प्रविधि हस्तान्तरण News Polar कृषि यान्त्रीकरण प्रवर्द्धनका लागि बागमती सरकारसँग नामियाको ११ बुँदे माग News Polar मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने News Polar इन्द्रजात्राको सुरुवात: हनुमानढोका परिसरमा सांस्कृतिक प्रस्तुति -फोटो फिचर News Polar नागरिकको बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सांसदहरूको जोड News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त

दसैँले गाउँमा चहलपहल, बजार सुनसान

दसैँले गाउँमा चहलपहल, बजार सुनसान
अ+ अ-

ढोरपाटन ।दसैँको टीकाको दिन नजिकिएसँगै अध्ययन, रोजगार तथा विभिन्न कामको सिलसिलामा बजार झरेकाहरू धमाधम गाउँ फर्किरहेका छन् । बजारबाट गाउँ फर्कनको सङ्ख्या दिनदिनै बढ्दै गएको छ । यतिबेला गाउँमा निकै चहलपहल बढेको छ भने बजार सुनासन बन्न थालेका छन् । बागलुङका ग्रामीण क्षेत्र दसैँ, तिहारबाहेक अन्य समय सुनसान नै हुन्छन् । स्थानीयवासीको बढ्दो सहर मोह र युवा शक्तिको विदेश पलायनले गाउँ पहिलेको जति रमाइलो छैन । खासगरी पछिल्लो समय गाउँमा बुढापाका र बालबालिका मात्रै बस्ने गरेका छन् । उनीहरुले नै गाउँ धानेका छन् ।

एक दशक अगाडिसम्म गाउँ भरिभराउ थियो तर अहिले गाउँका घर प्राय खाली भए पनि दसैँ सुरु भएपछि खाली घरमा आगो बल्न थालेको छ । बजारमा गोठा तथा घर भाडामा लिएर बस्ने यतिबेला आफ्नै जन्मभूमिमा पुगेका छन् । सुख, सयल र विलाशिताको जीवन बिताउन बजार झरेकालाई पनि चाडपर्वमा गाउँ रमाइलो लाग्ने हुँदा यो समय गाउँमा चहलपहल बढेको छ । जिल्ला सदरमुकाम बागलुङ बजारसहित बुर्तिबाङ र गलकोट बजार पनि यतिबेला सुनसान बन्दै गएका छन् । परदेशमा रहेका युवा पनि दसैँ मनाउनका लागि स्वदेश आइरहेका छन् ।

एकसाता अगाडिसम्म गलकोटका धेरै गाउँहरु सुनसान रहेकामा अहिले मानिसको जमघटले चहपहल बढेको स्थानीयवासी तिर्सना थापाले बताउनुभयो । घटस्थापनाका दिनदेखि सहर बजारमा रहेका र विदेशमा गएर दसैँ तिहार मनाउन उनीहरू गाउँ आएको उहाँले बताउनुभयो । तिहार सकिएपछि पुन:गाउँ सुनासन हुने थापाको भनाइ थियो । चाडपर्वले टाढा रहेका आफन्त तथा इष्टमित्रलाई नजिक बनाउनका साथै आत्मियता पनि बढाउँछ । अहिलेका चाडबाडमा पहिलेको जस्तो रमाइलो र मौलिकमता नभएको भन्दै धेरैले पश्चिमा संस्कृतिको सिको गर्न थालेका छन्

उहाँले भन्नुभयो, “गाउँमा घटस्थापनाभन्दा अगाडि दुई/चार जनामात्रै आएका थिए, त्यसपछि दैनिक १२/१५ जना स्थानीय गाउँ आएका छन्, केही दिन अगाडिसम्म सुनसान भएका घरमा अहिले मान्छे आएर बस्न थालेका छन्, केटाकेटीहरुको आवाज पनि सुनिन्छ, सधँैभरि गाउँमै बसेर कस्तो रमाइलो हुँदो हो रु, अहिले गाउँमा आएका सबै तिहार मनाएर सहर नै पस्छन्, गाउँमा बस्ने त उही हामी बुढाबूढी मात्रै हो, खै के जमाना आए यस्तो सबैले सहर बजारनै बस्न खोज्छन् :”

एक सातादेखि बागलुङ बजारदेखि गाउँ जानेको भीड देखिन्छ । बजारको जिपपार्क, बसपार्क र विभिन्न चोकबाट गाउँ फर्कने गाडी भरिभराउ देखिन्छन् । एक हप्ता पहिले गाउँ फर्कनेहरुले किनमेल गर्दा बजारका पसलमा पनि बाक्लै भीड देखिएकामा अहिले व्यापार निकै कम भएको देखिन्छ । बजारमा बस्ने गाउँ जान थालेपछि बजारमा व्यापार घटेको स्थानीय व्यापारी नवीनकुमार क्षेत्रीले बताउनुभयो । जिल्लाका धेरै गाउँबाट सदरमुकाम बागलुङमा बस्नेको सङ्ख्या ठूलो रहेको भन्दै उनीहरु गाउँ गएपछि दिनमा रु दस हजारको पनि व्यापार गर्न नसकेको ले जानकारी दिनुभयो ।

“आर्थिक मन्दीले गर्दा व्यापार थिएन, दसैँ आउन थालेपछि केही दिन राम्रो व्यापार भएको थियो, तर अहिले धेरै कम भएको छ, मान्छे जति सबै चाडपर्व मनाउन गाउँ गए, बजारमा घर भएकाहरुको पनि गाउँमा आफन्त भएकाले उतै दसैँ मनाउन जान्छन्”, क्षेत्रीले भन्नुभयो, “अब गाउँबाट मान्छे नफिर्कंदासम्म बजारको व्यापार निकै थोरै हुन्छ, बाहिरबाट आउने मान्छेले धेरै सामान किनमेल गर्दैनन्, अब व्यापार हुनलाई तिहार कुर्नुपर्छ ।”

जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्र बुर्तिबाङ बजारमा पनि व्यापार घटेको व्यवसायीको भनाइ थियो । अन्य समय राम्रो व्यापार हुने बुर्तिबाङमा दुई दिनदेखि कमी आएको स्थानीय व्यापारी सुनिल पौडेलले बताउनुभयो । बजारमा आएर बस्ने तथा व्यापार गर्ने अधिकांश गाउँबाट झरेकाहरु भएको हुँदा चाडबाडका बेला बजार सुनसान हुने पौडेलको भनाइ थियो । रासस