७ पुष २०८२, सोमबार
,
Latest
मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे डिसेम्बरको पलेँटीमा आभासको सांगीतिक प्रस्तुति फागुन २१ गते चुनाव हुँदैन भन्ने एमालेको निष्कर्ष छः महेश बस्नेत काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस देउवा निवास महाराजगञ्जमा ओली ‘समयमै निर्वाचन हुनेमा नागरिक अगुवाहरुको आशंका’ ठूला आयोजनाले अझै गति लिन सकेनन् देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

होटेलमा एक महिलाको घाँटी रेटेर हत्या, शङ्कास्पद एक व्यक्ति पक्राउ



अ+ अ-

त्रिवेणी । रूकुम पश्चिमको मुसिकोट नगरपालिका– १ खलङ्गास्थित सत्कार होटलमा महिला मृत फेला परेको घटनामा शङ्कास्पद एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त व्यक्तिलाई प्रहरीले सार्वजनिक भने गरेको छैन । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले शङ्कास्पद व्यक्ति पक्राउ गरिएको छ, अनुसन्धान चलिरहेकाले सकिएपछि सार्वजनिक गरिने जानकारी दिनुभयोे ।

मुसिकोट नगरपालिकाका– ७ साँखकी २८ वर्षीया भावना विक खलङ्गाको सत्कार होटेलको कोठा नम्बर १ मा मङ्गलबार बिहान मृत फेला परेपछि साँझ कोहलपुरबाट प्रहरीको कुकुरसहितको टोलीले घटनास्थलमा अनुसन्धान गर्नाका साथै शङ्कास्पद एक व्यक्ति पक्राउ गरिएको र मृतक महिलाको घाँटी रेटेर हत्या गरिएकोे उहाँको भनाइ थियो ।

प्रारम्भिक अनुसन्धानका क्रममा हत्याको कारण आर्थिक कारोबार रहेको देखिएको जनाइएको थियो । रासस