१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

सरकारले गैर आवासीय नेपाली संघसँग थप सहकार्य गर्न चाहेको छ: परराष्ट्रमन्त्री साउद

सरकारले गैर आवासीय नेपाली संघसँग थप सहकार्य गर्न चाहेको छ: परराष्ट्रमन्त्री साउद
अ अ+ अ-

काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले सरकारले गैर आवासीय नेपाली संघ (एनआरएनए)सँग थप सहकार्य र हातेमालो गर्न चाहेको बताउनुभएको छ ।

मंगलवारबाट काठमाडौंमा शुरु भएको संघको ११ औं विश्व सम्मेलनको उद्घाटन समारोहमा बोल्दै उहाँले नेपालमा लगानी भित्र्याउन, विदेशी पर्यटक भित्र्याउन, विदेशमा नेपाली वस्तु तथा सेवाको बजार पहिचान तथा प्रवद्र्धन गर्न, नेपाली कला, संस्कृति र गौरवगाथालाई संसारभरी फैलाउन, नेपाल र नेपालीको हितमा विभिन्न मुलुकहरुमा लबिङ गर्न र सहयोगी हातहरु विस्तार गर्न एनआरएनएले महत्वपूर्ण भुमिका खेल्ने भएकाले त्यससँगको सहकार्यलाई थप प्रभावकारी बनाउन सरकारले सबै प्रयत्न गर्ने स्पष्ट पार्नुभयो ।

मन्त्री साउदले गैर आवासीय नेपालीहरुलाई सरकारले अवैतनिक राजदुतको रुपमा ग्रहण गरेको समेत बताउनु भयो । नेपालको राजनीतिमा पनि महत्वपूर्ण एजेण्डा बन्न सकेको भन्दै एनआएएनएको प्रशंशा पनि उहाँले गर्नुभयो । मन्त्री साउदले नेपाल राष्ट्रको विकास र समृद्धमा एनआरएनएको भुमिका महत्वपूर्ण हुने विश्वास समेत व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो संघबाट नेपाली जनताले धेरै अपेक्षाहरु गरेका छन् । तपाईहरुले विदेशमा आर्जन गरेको ज्ञान, सीप, पूँजी र उद्यमशीलता नेपालमा लिएर आउँदा नेपालको विकासमा थप ऊर्जा बन्नेछ भन्ने अपेक्षा बढ्दै गएको छ । गैर आवासीय नेपालीहरुसँगको हातेमालो नेपालको विकास र समृद्धिका महत्वपूर्ण हुने देखिएको छ । नेपालीका लागि नेपाली भन्ने मुल नारा ज्ञान र रुपान्तरण समृद्धिको आधार भन्ने मूल विषयमा केन्द्रित भई तपाईहरुले अघि बढाउनुभएको यो अभियान आगामी दिनमा नेपाल भित्र र नेपाल बाहिर बस्ने नेपालीहरुका लागि अत्यन्तै सार्थक हुनेछ भन्ने हाम्रो विश्वास छ । राजनीतिक परिवर्तन पछि संविधान कार्यान्वयनले तिब्रता पाएसँगै विकास, निर्माणले गति लिन थालेको छ । आर्थिक विकास र समृद्धिको राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रतिवद्धता पूरा गर्न स्रोत, साधनको जोहो गर्दै उपलब्ध स्रोतको महत्वम परिचालन गर्नुपर्ने अवस्था आएको छ । नविनता र प्रविधिको उच्चतम विकास गर्न तपाईहरुको ज्ञान, सीप र पूँजीको लगानी थप महत्वपूर्ण हुनेछ । नेपालमा तपाईहरुको लगानी भित्रिँदा वर्तमान देखिएको स्रोतको अपर्याप्तता तथा चापलाई न्युनिकरण गर्दै लगानीको लागि स्रोत जुटाउन सहयोग पुग्ने अपेक्षा समेत मैले लिएको छु ।

नेपाल सरकारले गैर आवासीय नेपाली अभियानलाई महत्व दिँदै यस अभियानको प्रत्येक क्रियाकलापहरुमा यथासम्भव साथ र सहयोग गरिरहेकै छ । नेपालको संविधान २०७२ ले गैर आवासीय नेपालीहरुलाई आर्थिक, समाजिक, सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी गैर आवासीय नेपाली नागरिकता दिने व्यवस्था गरेको छ । यसलाई कार्यान्वयन गर्नका लागि आवश्यक्ता अनुसार संघीय कानुन निर्माण भइसकेका छन । यसै शिलशिलामा हालै नेपाल नागरिकत नियमावली तेस्रो संशोधन २०८० राजपत्रका प्रकाशित भइसकेको छ । र, यसै सन्दर्भमा आज मात्रै सम्माननीय पुष्पकमल दाहाल प्रचण्डजीले पहिलो चोटी गैर आवासीय नेपालीहरुलाई नागरिकता प्रदान गरेको कार्यक्रम एटेण्ड गरेर भर्खरै म यहाँ फर्केको कुरा पनि म साथीहरु माझ स्पष्ट गर्न चाहन्छु । यसले गैर आवासीय नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार सहितको नेपाली नागरिकता प्राप्त गर्ने बाटो खुला गरेको छ । यसको कार्यान्वयनको सहजीकरण गर्न नेपाल सरकार कटिवद्ध छ । यसबाट तपाईहरुले आगामी दिनहरुमा नेपालप्रति देखाउन स्नेह एवं सदभाव अझ बढ्नेछ भन्ने मैले विश्वास लिएको छु । त्यसैगरी गैर आवासीय नेपाली सम्बन्धि ऐन २०६४ तथा यसको नियमावली २०६६ ले गैर आवासीय नेपालीहरुलाई विभिन्न सुविधा र सहुलियत उपलब्ध गराएको छ । गैर आवासीय नेपालीहरुले निश्चित अधिकासहितको गैर आवासीय नेपाली परिचय पत्र पाउने, नेपालमा लगानी गर्दा विभिन्न सहुलियत तथा सुविधाहरु पाउने, नेपालमा बसोवास गर्न निश्चित मात्रामा घरजग्गा खरिद गर्न पाउने लगायतका व्यवस्थाहरु यस ऐन तथा नियमावलीमा रहेका छन् ।

त्यतिमात्रै होइन गैर आवासीय नेपाली विश्व सम्मेलन उच्चस्तरीय आयोजक समितिको नेतृत्वको परराष्ट्रमन्त्री स्वयमले गर्ने प्रचलन रहि आएको छ । यस आयोजक समितिमा राष्ट्रिय योजना आयोगका माननीय सदस्य, नेपालका सरकारका विभिन्न मन्त्रालयका सचिवहरुलगायत उच्च पदस्थ पदाधिकारीहरु रहनुले पनि गैर आवासीय नेपालीहरुप्रति नेपाल सरकारको प्रतिवद्धता स्पष्ट हुन्छ । त्यस्तै परराष्टङ मन्त्रालयमा गैर आवासीय नेपाली सम्बन्धि विषय हेर्न बेग्लै महाशाखाको व्यवस्था गरिएको छ । यसरी नेपाल सरकारले गैर आवासीय नेपालीलाई प्रोत्साहन र सहजीकरण गर्न विगतदेखि नै विभिन्न खालका कानुनी, नीतिगत, संस्थागत र कार्यक्रमगत पहल र प्रयत्न गर्दै आएको छ । आवश्यक्ता अनुसार गैर आवासीय नेपाली सम्बन्धि ऐन तथा नियमावलीमा आवश्यक संशोधन र परिमार्जन गरी यस विषयलाई थप गतिशील र सार्थक बनाउन नेपाल सरकार सधैं सकारात्मक रही आएको छ । नेपाल सरकार तपाईहरुसँग अझ सहकार्य र हातेमालो गर्न चाहन्छ । हामी विदेशस्थित नेपाली नियोगहरुसँग मिली तपाईहरुले नेपालमा लगानी भित्र्याउन, विदेशी पर्यटक भित्र्याउन, विदेशमा नेपाली वस्तु तथा सेवाको बजार पहिचान तथा प्रवद्र्धन गर्न, नेपाली कला, संस्कृति र गौरवगाथालाई संसारभरी फैलाउन, नेपाल र नेपालीको हितमा विभिन्न मुलुकहरुमा लबिङ गर्न र सहयोगी हातहरु बिस्तार गर्न महत्वपूर्ण भुमिका खेल्न सक्नुहुन्छ ।

त्यसका लागि हाम्रो सहकार्यलाई थप प्रभावकारी बनाउन हामी सबै प्रयत्न गर्नेछौं । नलेज एण्ड ट्रान्सफर्मेशन, द फाउन्डेशन अफ परसरिटी भन्ने विषयमा केन्द्रित भई आयोजना गरिएको यस विश्व सम्मेलनले गैर आवासीय नेपाली संघलाई थप सबल, सशक्त र गतिशील बनाउनेछ भन्ने मेरो दृढ विश्वास छ । देश विदेशमा रहेका सम्भावनाहरुलाई खोजि गरी दिगो विकासका लक्ष्य प्राप्त गर्न गैर आवासीय नेपालीहरुलाई सशक्तिकरण गर्न र गैर आवासीय नेपाली संघले नेतृत्वदायी भूमिका निर्वाह गर्नेछ भन्ने मैले विश्वास लिएको छु । कुनै बेला आर्थिक उपार्जनका लागि मात्रै बाहिर जानु भएका मान्छेहरुको रुपमा लिइएका गैर आवासीय नेपालीहरुलाई आज आर्थिक पक्षमा मात्रै होइन, त्यसका सामाजिक पक्षमा पनि विदेशका कल्चर नेपाल ल्याउने, नेपालको संस्कृति त्यो ठाउँमा लैजाने एउटा अवैतनिक राजदुतका रुपमा ग्रहण गरेका छौं । र, त्यतिमात्रै नभईकन राजनीतिमा पनि गैर आवासीय नेपालीहरुको उपस्थिति अत्यन्त महत्वपूर्ण छ । र, नेपालको राजनीतिका पनि महत्वपूर्ण एजेण्डा बन्नका लागि तपाईहरु सफल हुनुभएको छ ।’

मन्त्री साउदले गैर आवासीय नेपालीलाई नागरिकता दिने कामको शुरुवात भएको उल्लेख गर्दै त्यसलाई सहजीकरण गर्न पनि सरकार कटिवद्ध रहेको बताउनु भयो ।