६ पुष २०८२, आईतवार
,
Latest
पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोमबार बढ्यो युके पाउण्डको भाउ, हेर्नुहोस् कुन देशको विनिमयदर कति ?



अ+ अ-

काठमाडौं । सोमबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर घटबढ भएको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १८ रुपैयाँ ६७ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १९ रुपैयाँ २७ पैसा तोकिएको छ । आजको अमेरिकी डलरको भाउ स्थिर भएको छ । 

त्यस्तै एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६४ रुपैयाँ १६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६४ रुपैयाँ ९९ पैसा तोकिएको छ।  एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ७६ पैसा तोकिएको छ भने बिक्रिदर २९ रुपैयाँ ९१ पैसा तोकिएको छ । आज युके पाउण्ड स्ट्रलिङ र मलेसिया रिंगिटको भाउ केही रुपयाँले बढेको हो । 

यसैगरी एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ६४ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ८० पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ५९ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ७५ पैसा तोकिएको छ । साउदी रियाल र कतारी रियालको आजको भाउ स्थिर रहेको छ । 

त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ९३ रुपैयाँ ६६ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९५ रुपैयाँ ६५ पैसा तोकिएको छ ।  कुवेती दिनारको भाउ आज घटेको हो । बहराइन दिनारको खरिददर ३ सय १४ रुपैयाँ ७७ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय १६ रुपैयाँ ३६ पैसा तोकिएको छ । आज बहराइन दिनारको भाउ स्थिर रहेको छ ।  

कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ६३ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ६८ पैसा तोकिएको छ। जापानी यनको खरिददर १० रुपैयाँ ९१ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ९६ पैसा तोकिएको छ । कोरियन वनक भाउ आज केही रुपयाँले घटेको हो भने जापानी यनको भाउ मात्र केही पैसाले बढेको हो ।