१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

एकदिवसीय विश्वकपमा आज अस्ट्रेलिया र श्रीलंका भिड्दै, यस्तो छ हेड-टू-हेड

एकदिवसीय विश्वकपमा आज अस्ट्रेलिया र श्रीलंका भिड्दै, यस्तो छ हेड-टू-हेड
अ अ+ अ-

काठमाडौँ। आइसिसी एकदिवसीय विश्वकप २०२३ अन्तर्गत आज अस्ट्रेलिया र श्रीलंका भिड्दैछन् । लखनउस्थित भारत रत्न श्री अटल बिहारी वाजपेयी क्रिकेट स्टेडियम (इकाना) मा हुनलागेको खेल नेपाली समय अनुसार दिउँसो २:१५ बजेबाट सुरु हुनेछ। टस आधा घण्टा अगाडि अर्थात् दिउँसो १:४५ मा हुनेछ ।

श्रीलंकाका कप्तान दासुन शनाकाले आजको खेल गुमाउनेछन् । अक्टोबर १० मा पाकिस्तानविरुद्धको खेलमा घाईते भएका शनाका चोटका कारण विश्वकपबाट बाहिरिएका छन् । उनको स्थानमा अलराउन्डर चमिका करुणारत्नेलाई टोलीमा समावेश गरिएको छ । शानाकाको अनुपस्थितिमा कुसल मेन्डिसले टोलीको कप्तानी गर्नेछन् ।

यो विश्वकपमा तेस्रो खेल खेल्न लागेका दुबै टोलीले आफ्नो सुरुवाती दुई खेलमा हार बेहोरेका छन् । पाँच पटकको च्याम्पियन अस्ट्रेलिया पहिलो खेलमा भारत र दोस्रो खेलमा दक्षिण अफ्रिकासँग पराजित भएको थियो । यता श्रीलंका पहिलो खेलमा न्युजिल्यान्डसँग र दोस्रो खेलमा पाकिस्तानसँग पराजित भएको थियो । आज दुबै टोली जित हात पारदै विश्वकपमा आफ्नो खाता खोल्ने सोचमा हुनेछन् ।

हेड-टू-हेड

अस्ट्रेलिया र श्रीलंकाबिच हालसम्म कुल १०३ ओडीआई खेलिएको छ । अस्ट्रेलियाले ६३ खेल जितेको छ भने श्रीलंकाले ३६ खेल जितेको छ । ४ खेल अनिर्णित रह्यो ।

एकदिवसीय विश्वकपमा भने यि दुई टोलीले हालसम्म १० खेल खेलेका छन् जसमा अष्ट्रेलियाले ८ पटक जितेको छ भने श्रीलंकाले एक खेल जितेको छ । एक खेल भने नतिजाबिहिन रहेको छ ।

अस्ट्रेलियाले पछिल्ला ५ खेलमध्ये ४ हारेको छ र एउटा मात्र जितेको छ। यता श्रीलंकाले पनि पछिल्लो ५ खेलमा ४ हार र एउटा मात्र जितेको छ ।

यस वर्षको विश्वकपमा अस्ट्रेलियाका लागि मार्नस लाबुस्चेनले सर्वाधिक रन बनाएका छन् । बलरमा जोस हेजलवुडले उत्कृष्ट प्रदर्शन गरेका छन् । उनले २ खेलमा ४ विकेट लिएका छन् ।

यस्तै, श्रीलंकाका कुसल मेन्डिसले सर्वाधिक रन बनाएका छन् । उनले दुई खेलमा एक शतक र एक अर्धशतक सहित १९८ रन बनाएका छन् । दिलशान मदुशंकाले सर्वाधिक ४ विकेट लिएका छन् ।

अष्ट्रेलियाका सम्भावित प्लेइङ- ११
मिचेल मार्श, डेभिड वार्नर, स्टीवन स्मिथ, मार्नस लाबुस्चेन, जोश इंग्लिस (विकेटकिपर) एलेक्स केरी, ग्लेन म्याक्सवेल, मार्कस स्टोइनिस, मिचेल स्टार्क, प्याट कमिन्स (कप्तान), एडम जाम्पा, जोश हेजलवुड ।

श्रीलंकाका सम्भावित प्लेइङ -११
पथुम निसांका, कुसल परेरा, कुसल मेन्डिस (कप्तान), सदीरा समरविक्रमा (विकेटकिपर), चरित असलंका, धनंजया डी सिल्भा, दुशन हेमन्था, दुनिथ वेललागे, महेश थेक्षाना, मथीशा पाथिराना, दिलशान मधुशंका ।