२९ कार्तिक २०८१, बिहीबार
,
Latest
सामाजिक सञ्जालसम्बन्धी विधेयक पुनःलेखन गर्नुपर्छः शेखर कोईराला चिनियाँ महासङ्घको टोलीद्वारा भक्तपुर अवलोकन नेपाली यू–१९ महिला क्रिकेट टोली आज स्वदेश फर्कदैँ नेप्से परिसूचक उकालो लाग्दा १० अर्ब ३२ करोडको कारोबार कल्याणकारी अवधारणाबाट शिक्षामा लगानी बढाउनुपर्छः शिक्षामन्त्री भट्टराई पाकिस्तानमा विषाक्त धुवाँका कारण एकै दिनमा १५ हजारभन्दा बढी सङ्क्रमित देशको मुल समस्या सरकारको अस्थिरता होइनः अध्यक्ष नेपाल बोकेर भारतका बजारमा पुर्याइन्छ ‘छुसा’ छुर्पी राष्ट्रपति पौडेल र अजरबैजानका राष्ट्रपतिबीच भेटवार्ता, विकसित देशले गरेका जलवायु परिवर्तनका प्रतिबद्धता पूरा गर्नुपर्नेमा जोड जाडो मौसममा यसरी जोगिन सकिन्छ निमोनियाबाट
तपाईं के खोज्दै हुनुहुन्छ ?

परिच्छेदको निर्देशनमा ‘महाराजधिराज’ निर्माणको घोषणा



अ+ अ-

काठमाडौं । गतबर्ष फिल्म ‘प्रेमगञ्ज’ निर्देशन गरेर तारिफ कमाएका निर्देशक परिच्छेद सेनले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् ।

घटस्थापनाको अवसर पारेर नयाँ फिल्म ‘महाराजधिराज’ निर्माणको घोषणा गरिएको हो । परिच्छेदकै लेखन रहेको यो फिल्मका प्रस्तुतकर्ता बिराज बिष्ट हुन् । बिराजले यसअघि फिल्म ‘बुलाकी’ निर्माण गरेका थिए । यो फिल्मले चलचित्र विकास बोर्डले आयोजना गरेको ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८०’मा विशेष फिल्मको अवार्ड समेत पाएको थियो ।

टोपेन्द्र बिष्टको लगानीमा तयार हुने फिल्मले रोमान्टिक तथा सामाजिक कथा प्रस्तुत गर्ने निर्देशक सेनले जानकारी दिएका छन् ।

छत्रेश्वरी म्यानेजमेन्ट प्रालीको ब्यानरमा निर्माण हुने फिल्मको निर्माण घोषणासँगै प्रदर्शन मिति पनि तय गरिएको छ । फिल्मलाई वि।सं २०८१ सालको तिहारमा रिलिज गर्ने घोषणा निर्माणपक्षले गरेको हो । फिल्मका लागि कलाकार भने तय गरिएको छैन ।

फिल्ममा सह–निर्देशकको रूपमा काम गर्दै आएका परिच्छेदले ‘प्रेमगञ्ज’बाट आफूलाई एक सशक्त निर्देशकको रूपमा पुष्टि गरेका थिए । यसैले, उनको नयाँ फिल्मको प्रतीक्षा दर्शकमा छ । ‘महाराजधिराज’बाट दर्शकले आफूप्रति गरेको विश्वासलाई अझै बलियो तरिकाले प्रस्तुत गर्ने परिच्छेदले बताएका छन् ।

परिच्छेदले प्रेमगञ्ज अघि ‘मोदर र स्ट्राइक’ नामका सट फिल्म पनि निर्देशन गरिसकेका छन् । यी दुवै फिल्मले दुई दर्जन अन्तर्राष्ट्रिय अवार्ड समेत जितेका थिए ।