१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात

यही वर्षमा १० वटा जहाज थप्छौँ: मन्त्री किराँती

यही वर्षमा १० वटा जहाज थप्छौँ: मन्त्री किराँती
file photo
अ अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले चालु वर्षमा १० वटासम्म नेपाल वायुसेवा निगमका जहाज खरिद गर्ने बताउनुभएको छ ।

आईतवार मन्त्रीनिवास पुलचोकमा सत्तारुढ दल नेपाली काँग्रेसको विद्यार्थी संगठन (नेविसंघ) ले चाडबाडका बेलामा हुने भाडादरमा कालोबजारीलाई नियन्त्रण गर्न आग्रह गर्दै बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले अहिले फ्युल बढेका कारण भाडादर बढेको भन्दै चाडवाडका बेलामा हुने कालोबजारीलाई रोक्न मन्त्रालय सम्बन्धित निकायसँग छलफल गरी वक्तव्य जारी गर्ने बताउनु भयो । उहाँले सबै महंगी नियन्त्रण गर्न सरकारले छुट दिन सक्नुपर्ने बताउनु भयो । उहाँले नेपाल वायुसेवा निगमको जहाज थपेर भाडादरमा देखिएको विसंगतिलाई बजार हस्तक्षेप गर्नु नै एकमात्र विकल्प रहेको बताउनु भयो । उहाँले १० वटासम्म जहाज नथपी पर्यटकहरु नेपाल नआउने दाबी गर्नुभयो । उहाँले दशैँअघि नै औपचारिक रुपमा विमान खरिद प्रक्रिया अघि बढ्ने बताउनु भयो । उहाँले आजबाट नेपालगञ्जबाट दुर्गम क्षेत्रका लागि नेपाल एयरलाइन्सको विमान दशैँभर सञ्चालन गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले फ्युल तीन डबललले बढेको छ । स्वभाविक रुपमा ३५ प्रतिशत भाडा रेट फ्युलले बढेको छ । भ्याट १३ प्रतिशत जोडियो । यसले पनि अलिकति भयो, मेरो मन्त्रालयबाट टारेर टर्दैन । हामीले र हाम्रो मन्त्रालयले हुँदै गरेको कालाबजारी टिकट ६ हजारमा किनेर १० हजारमा बेच्ने यो कुरामा भोलि नै हामी सबैसँग छलफल गरेर मन्त्रालयले वक्तव्य जारी गर्छ । भारत जान ११ हजार र सुर्खेत जान १६ हजार लाग्नुपर्ने कारण भनेको तेल नै संसारको भन्दा डबल, त्रिबल महंगो छ । प्राइभेट सेक्टरले यो बेला हामी अब गैरकानूनी हुँदैनौँ, सरकारले तोकेकै भाडामा एक रुपतामा जाऔँ भनेर सल्लाह गरेका छन् । हामीले उनीहरुलाई नियन्त्रण गर्ने ठाउँ नै छैन । तोकिदिएको सरकारले नै छ । उनीहरुले सल्लाह गरेर आएपछि नियमन गर्ने ठाउँ नै छैन ।’

‘यो सबै महंगी नियन्त्रण गर्न सरकारले सब्सिच्युट दिनुपर्छ । हामी तेलमा ५० प्रतिशत दिनसक्छौँ त ? यो हाम्रो हैसियत छैन । यसलाई अर्को तरिकाले गर्ने भनेको नेपाल वायुसेवा निगमको जहाज थपेर भाडादरमा देखिएको विसंगतिलाई बजार हस्तक्षेप गर्ने नै हो । जहाज दुई वटा छ । हाम्रो । उड्नुपर्ने २२ वटा छ, स्टल रुटमा उड्ने दुई वटा छ । हामी सम्पूर्ण शक्ति लगाएर हामी जहाज खरिद गर्ने प्रक्रियामा छौँ, यो वर्षमा हामी नौ, दश वटा जहाज थप्ने थप्ने । यो नथपी न पर्यटक आउँछन्, न भाडामा देखिएको विसंगतिमाथि हस्तक्षेप हुनसक्छ । न सहज ढंगले आवागमन हुनसक्छ । संस्कृति काम गर्ने छैन, सिक्नेचर गरेपछि जेल परिन्छ भन्ने मान्यता छ । कडाइका साथ कानून भन्दा बाहिर नगइ काम गराउँछु । दशैँअघि नै केही संकेत आउला । औपचारिक रुपले शुरु हुनेछ । निगममा जहाज थप्नुको विकल्प नै छैन ।’

त्यस्तै काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका सभापति दुजाङ शेर्पाले चाडवाडको मौका छोपी कमाउ धन्दामा लाग्नेहरुलाई सरकारले नियमन गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले उहाँले भारत जान ११ हजार तर नेपालकै सुर्खेत जाँदा १६ हजारसम्मको भाडादर पर्नेकुरामा नियन्त्रण र निगरानी राख्न मन्त्री किराँतीको ध्यानाकर्षण गराउनु भयो ।

सभापति शेर्पाले सरकारका नीति बनाउँदा विद्यार्थीमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले विद्यार्थीहरुलाई देशमै राख्नका लागि उच्च मूल्यवृद्धि रोक्न आग्रह गर्नुभयो ।