२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेट विश्वकप : पाकिस्तानको मध्यम सुरुवात, दुबै ओपनिङ जोडी आउट



अ+ अ-

आइसिसी विश्वकप क्रिकेट अन्तर्गत अहमदाबादमा जारी भारत र पाकिस्तान बीचको खेलमा पहिले ब्याटिङ गरिरहेको पाकिस्तानले मध्यम सुरुवात गरेको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले प्रारम्भिक दुबै ब्याट्सम्यानलाई गुमाइसकेको छ । २४ ओभरको खेलमा पाकिस्तानले दुई विकेटको क्षतिमा १२३ रन बनाएको छ ।

एक लाख भन्दा बढी दर्शकले खचाखच भरिएको नरेन्द्र मोदी रंगशालामा पाकिस्तान दबाबमा रहेको छ ।

पाकिस्तानका ओपनिङ जोडी अब्दुल्लाह शफिक २० र इमाम उल हकले ३६ रन बनाएर आउट भएका छन् । शफिक मोहम्मद सिराजको बलमा आउट भएका थिए भने इमाम हार्दिक पान्ड्याको बलमा क्याचआउट भएका थिए ।

अहिले क्रिजमा पाकिस्तानका कप्तान बाबर आजम ३४ रन र मोहम्मद रिजवान ३२ रन बनाएर खेलिरहेका छन् । उनीहरुबीच ५० रनको साझेदारी भइसकेको छ ।

पाकिस्तान टिम
अब्दुल्लाह शफिक, इमाम उल हक, कप्तान बाबर आजम, मोहम्मद रिजवान, शाउद शकील, इफ्तिखार अहमद, शादाब खान, मोहम्मद नबाज, हसन अलि, शहीन शाह अफ्रिदी, ह्यारिस रौफ

भारतीय टिम
रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयर ऐर, केएल राहुल, हार्दिक पान्ड्या, रबिन्द्र जडेजा, शार्दुल ठाकुर, जसप्रित बुमराह, कुलदीप यादव, मोहम्मद सिराज