१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात

प्रतिनिधि सभाको शुन्य समयमा कस्ले के भने ?

प्रतिनिधि सभाको शुन्य समयमा कस्ले के भने ?
संघीय संसद। फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा सदस्य विमला सुवेदीले खाद्यान्नमा भएको मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

शुक्रवारको प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्य सुवेदीले चाडपर्वको समयमा अत्याधिक रुपमा खाद्यान्नको मूल्यवृद्धि भएको यसको नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले प्रभावकारी बजार अनुगमन गर्न सरकारलाई आग्रह गर्नुभयो । उहाँले हवाइ यातायात र स्थल यातायातमा ठगि हुनसक्ने भन्दै यात्रुको सहज यात्राका लागि ध्यान दिन पनि सरकारसँग आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘चाडपर्वको समयमा चिनी लगायतका खाद्यान्नको अत्याधिक मूल्यवृद्धि भइरहेकोले चिनी तथा अन्य उपभोग्य वस्तुहरुमा भइरहेको मूल्यवृद्धि नियन्त्रण गर्न तथा प्रभावकारी बजार अनुगमन गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराउँदछु । साथै हवाइ यातायात तथा स्थलगत रुपमा सञ्चालन हुने यातायातमा हुने गरेको ठगि नियन्त्रण गरी यात्रुहरुको सहज यात्राको लागि विशेष ध्यान दिन सरकारको ध्यानाकर्षण गराउँदछु ।’

प्रतिनिधि सभा सदस्य भीमप्रसाद आचार्यले स्थानीय तहको कर्मचारी र शिक्षकहरुको समस्यामा सरकार बेखबर रहेको बताउनु भयो । उहाँले वीर अस्पतालबाट चिकित्सकहरुलाई अन्यायपूर्ण ढंगले निकालिएको बताउनु भयो । त्यस्तै कालोबजारी भइरहँदा पनि सरकार बेखबर बनेको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘स्थानीय तहका कर्मचारीहरुको समस्या आइरहेका छन् । सरकार बेखबर छ । बालबिकासका शिक्षकहरु, राहत र अस्थायी शिक्षकहरुका समस्यामा सरकार बेखबर छ । उनीहरुले आन्दोलन गरिरहेका छन् । वीर अस्पतालबाट अन्यायपूर्ण ढंगले डाक्टरहरुलाई निष्काशन गरिएको छ, सरकार बेखबर छ । स्वास्थ्यकर्मीमाथि आक्रमण भएको छ, तर गुन्डागर्दी गर्ने, ज्यानमार्ने मान्छेहरु छुटिरहेका छन् । डेंगु संक्रमण राजधानीमा बढेको छ । सरकार बेखबर छ । कालोबजारी चर्को छ । यस्तो अवस्थामा सरकार कहाँ छ ?’

प्रतिनिधि सभा सदस्य मनिष झाले भूकम्पग्रस्त क्षेत्र बझाङमा यातायातको सरल व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो । उहाँले चाडपर्वको बेलामा सो क्षेत्रमा सहज वातावरण बनाइदिएर राज्य र सरकार छ भन्ने अनुभुति दिलाउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘बझाङमा भूकम्पग्रस्त क्षेत्रमा पुग्नका लागि यातायातको सरल व्यवस्था भइसकेको छैन । टिकट काट्नलाई रातारात बसेर लाइन लाग्नुपर्छ । त्यहाँ आवश्यक उद्धार कार्यपनि भइरहेको छैन । राज्यको आवश्यक उपस्थिति चाडपर्वको बेलामा भइदेओस् र सबैलाई राज्य छ, सरकार छ र कसैले हेर्दैछ भन्नेकुराको अनुभुति भइदेओस् ।’

प्रतिनिधि सभा सदस्य माधव सापकोटाले नेपालको उत्पादन पद्धतिमा नयाँ ढंगले सोचेर संरचनागत परिवर्तन गर्न आवश्यक भएको बताउनु भयो । उहाँले विद्यमान आर्थिक संकट र चुनौतीहरुलाई संरचनागत परिवर्तन मार्फत् आर्थिक क्रान्तिमा बदल्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘राष्ट्र बैंक नेपालको मौद्रिक अधिकारी र बैंकिङ प्रणालीको नियामक संस्था हो । इन्ट्रेष्ट रेट, पेक सिस्टम, इन्भेष्टमेन्ट प्रायरोटी लगायतका क्षेत्रमा उसले गरेका निर्णयहरुले सुखद परिणाम प्राप्त भएका छैनन् । अर्कोतर्फ १६ प्रतिशतको औद्योगिक स्थिति ४ प्रतिशतमा झरेको छ । ५० प्रतिशतको खेतियोग्य जमिन बाँझो छन् । त्यसैले उत्पादन पद्धतिमै नयाँ ढंगले सोच्नुपर्ने संरचनागत परिवर्तन अनिवार्य हुन गएको देखिन्छ । माक्र्सवादले भन्छ, इतिहासका खास संकट र चुनौतीहरुले क्रान्तिको जन्म गराउँदछ । आजको आर्थिक संकट र चुनौतीहरुलाई संरचनागत परिवर्तनमार्फत आर्थिक क्रान्तिमा बदलौँ ।’

प्रतिनिधि सभा सदस्य रघुजी पन्तले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई विजयादशमीको शुभकामना दिँदै नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वतन्त्रता, नेपाली भुमि र नेपाली जनताको स्वाभिमानको कदर गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘भारतप्रति रहेको नेपालको मित्रभाव, युगौँ पुरानो मैत्रीपूर्ण सम्बन्ध, नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वतन्त्रता, नेपाली भुमि र नेपाली जनताको स्वाभिमानको कदर गर्ने कार्यमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आगामी विजयादशमीले प्रेरित गर्न सकोस् भनि उहाँलाई विजया दशमीको शुभकामना ।’

प्रतिनिधि सभा सदस्य रणेन्द्र बरालीले दसैको समयमा हुने गाडी दुर्घटनाप्रति सरकार बेलैमा सचेत हुनुपर्ने बताउनु भयो । उहाँले दसैँमा दलित समुदायलाई मन्दिर प्रवेशमा रोक लगाउँदा झडप हुने घटनाहरु आउने भन्दै यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले भन्नुभयो – ‘प्रत्येक दसैँमा गाडी दुर्घटना हुन्छ । त्यसमा नेपाल सरकारको ध्यान पुगोस् । दसैैँको सन्दर्भमा दलित समुदायका बिच मन्दिर पुजाका लागि असमानता भएर हुने झडप, झगडा वर्षको १०/२० वटा जहिलेपनि हुन्छ मुद्दा । यसकिसिमको पुजामा हुने असमानताको निमित्त जहाँ ख्याल गर्नुपर्छ सरकारले उनीहरुको समान अधिकारको व्यवस्था राज्यबाट होस् ।’

प्रतिनिधि सभा सदस्य रामहरी खतिवडाले दशैँको समयमा डेंगुको संक्रमण बढेको भन्दै लामखुट्टे मार्नका लागि सरकारले पहल गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘यसवर्षको चाडपर्व, दशैँ लामखुट्टे पीडित चाडको रुपमा देखा पर्ने भयो । डेंगु पीडित दसैँ हुने भयो । सरकारले लामखुट्टे मार्नका लागि पहल गर्नका लागि अनुरोध गरेँ । महंगि बढेको छ । कालाबजारी बढेको छ । यसको नियन्त्रणमा सरकार अगाडी बढोस् । नेपाल एयरलाइन्स्का टिकटहरु महंगा छन् । कालाबजारीमा बिक्रि भइराखेका छन् । नेपाल एयरलाइन्स् अहिले पनि ४८ अर्ब भन्दा बढी घाटामा छ । यसका बारेमा सरकारको ध्यान जाओस् । नेपाल एयरलाइन्स्लाई सरकारको एयरलाइन्स् बनाओस् । नत्र भने यो मागि खाने गाई, दुहुनो गाइजस्तो भएको छ । घाँस हाल्नु नपर्ने, सोहोर्नु नपर्ने, दुध मात्रै दुहुने प्रवृत्ति अन्त्य गरोस् ।’

उहाँले नेपाल एयरलाइन्सका टिकटहरु महंगो भएको भन्दै यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।