२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
नेपाल–चीनबीच कृषि तथा वन क्षेत्रको सहकार्य विस्तारबारे छलफल कानुन निर्माणमा ढिलाइ नगर्न मन्त्रालयहरूलाई मन्त्री गौतमको आग्रह कर्णालीका स्थानीय तहमा २८ प्रतिशत कर्मचारी अभाव, १ हजार ३६३ दरबन्दी रिक्त इमान्दारी र समर्पण भए असम्भव केही छैनः अध्यक्ष ढकाल आइएमई २६ औँ वर्षमा : डिजिटल प्रविधिको उच्चतम उपयोग गर्दै रेमिटेन्स सेवालाई सामाजिक–आर्थिक रूपान्तरणको माध्यम… धमाधम बक्यौता तिर्दै औद्योगिक क्षेत्रका उद्योग ग्लोबल कन्ज्युमर एक्स्पो आजदेखि भृकुटीमण्डपमा, ३५ हजारभन्दा बढी आगन्तुक भित्रिने अपेक्षा नेपाल आँखा अस्पतालको सेवा आइतबार पनि लुम्बिनी प्रदेश प्रहरीद्वारा शान्ति, सुरक्षाका पक्षमा तीनदिने कार्यक्रम सार्वजनिक अव्यवस्थित तार हटाउन ऊर्जा मन्त्रालयको अग्रसरता
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो छ लाओसविरुद्ध नेपालको सुरुवाती–११



अ+ अ-

काठमाडौँ । फिफा विश्वकप एसियाली छनोट खेलको लागि नेपालले लाओससँगको को सुरुवाती ११ सार्वजनिक गरेको छ ।

नेपाली टोलीका प्रमुख प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले गोलकिपर किरण चेम्जोङको कप्तानीमा नेपालको सुरुवाती ११ घोषणा गरेका हुन् ।

नेपालको डिफेन्समा रोहित चन्द, अनन्त तामाङ, सनिश श्रेष्ठ र आशिष चौधरी रहँदा मिडफिल्डमा लाकेन लिम्बु, आयुष घलान, र आवास लामिछाने तथा फरवार्डमा अन्जन विष्ट, मनिष डाँगी र जिलेस्पे जंग कार्की रहेका छन् ।

दुवै टिम पहिलो चरणमा जित निकाल्दै दोस्रो चरणमा आफूलाई सुरक्षित गर्न चाहन्छन् । दोस्रो चरणमा पुग्ने टोलीले एसियाका शीर्ष देशसँग होम एण्ड अवेका आधारमा छनोट खेल्ने अवसर पाउनेछन् ।

यो खेल क्यानाडा, अमेरिका र मेक्सिकोमा २०२६ मा हुने विश्वकपको सुरुवाती चरणको छनोट खेल हो । राउण्ड-२ आगामी साता लाओसमा हुनेछ । दुई लेगमा उत्कृष्ट रहने टिम दोस्रो चरणमा पुग्नेछ । फिफा वरियतामा लाओस एक सय ८६औँ र नेपाल एक सय ७५औँ स्थानमा छन् ।

नेपालको सुरुवाती ११:

किरण चेम्जोङ्ग (कप्तान), सनिश श्रेष्ठ, अनन्त तामाङ्ग, रोहित चन्द, आशिष चौधरी, लाकेन लिम्बु, आवास लामिछाने, मनिष डाँगी, आयुष घलान, अन्जन विष्ट, जिलेस्पे जंग कार्की