१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात

महंगी र कृत्रिम अभावको नियन्त्रण गर्न सांसदहरुको माग

महंगी र कृत्रिम अभावको नियन्त्रण गर्न सांसदहरुको माग
संघीय संसद। फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । चाडपर्वको बेलामा दैनिक उपभोग्य वस्तुहरुको कृतिम अभाव गराएर महंगी बढाइएको भन्दै प्रतिनिधि सभा सदस्यहरुले महंगि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा शुन्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्यहरुले चाडपर्वको बेलामा महंगी बढेको बताएका हुन् । उनीहरुले दैनिक उपभोग्य खाद्यान्नहरुको कृत्रिम अभाव सिर्जना गरिएको र कालोबजारी गरिएको भन्दै कालोबजारी नियन्त्रण गर्न सरकारलाई आग्रह गरेका छन् । बैठकमा बोल्दै प्रतिनिधि सभा सदस्य पदम गिरीले बजारमा चिनीको कृतिम अभाव सिर्जना गरिएको बताउनु भयो । उहाँले कालोबजारी मौलाएको भन्दै सरकारले कालोबजारीलाई प्रश्रय दिइरहेको बताउनुभयो । जनतामाथि खेलवाड नगर्न सरकारलाई चेतावनी समेत दिनुभयो ।

उहाँले भन्नुभयो – ‘स्थानीय तहका कर्मचारीहरुले गरेको शान्तिपूर्ण आन्दोलनमा सरकार निर्ममतापूर्वक दमनमा उत्रिएको छ । धेरै कर्मचारी साथीहरु घाइते हुनुभएको छ । म घाइते साथीहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्न चाहान्छु र सरकारको उक्त कदमको म दु:ख व्यक्त गर्न चाहन्छु । चाडपर्वको सम्मुखमा चिनीको कृत्रिम अभाव सिर्जना गरिएको छ । नेपालका चिनी उद्योगीहरु सँग पर्याप्त मात्रामा चिनी अहिले पनि छ । तर त्यो बजारमा आउन सकेको छैन । बजारमा कालोबजारी मौलाएको छ । सरकारले कालोबजारीहरुलाई प्रश्रय दिने काम गरेको छ । जनतामाथि यति ठूलो खेलवाड सरकार नगरोस् । जनताले सहज रुपले उपभोग गर्नलाई कुण्ठित गर्ने काम सरकारको तर्फबाट नहोस् भन्ने माग गर्न चाहन्छु ।’

प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले सरकारले महंगि नियन्त्रण गर्न नसकेको बताउनु भयो । उहाँले सरकारले महंगी नियन्त्रण गर्छ भन्नेमा जनतामा आशा पनि नरहेको बताउनु भयो । उहाँले सामाजिक सञ्जालमार्फत ठगिको घटना पनि भइरहेको भन्दै प्रविधिको प्रयोग गरी ठग्ने कार्यको अन्त्य गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले भन्नुभयो – ‘महंगिको बारेमा जति नै कुरा गरेपनि सरकारले यसलाई नियन्त्रण गर्न सकेन । जनतामा खास आशा पनि छैन । गाडी चढेर घर जाँदा बाटोमा परेका खाल्डाहरु पनि पनि पुरिएनन् । पछिल्लो समय ठगिको नयाँ धन्दा शुरु भएको छ । टिकटक, फेसबुक, इन्स्टाग्राम लगायत सामाजिक सञ्जालमा सामानको विज्ञापन गर्ने, सामान किन्नका लागि पैसा अनलाइनको माध्यमबाट भुक्तानी गरेपछि सामान पनि प्राप्त नहुने, त्यो एकाउन्ट पनि बन्द हुने । यो खालको प्रविधि प्रयोग गरेर ठगि धन्दा सुरु भएको छ । सरकारले तत्काल सम्बन्धित निकायलाई सक्रिय बनाएर प्रविधिको माध्यमबाट गरिने ठगिलाई अन्त्य गरोस् र त्यस्तो ठगि गर्नेलाई सख्त कारबाही गरोस् ।’

प्रतिनिधि सभा सदस्य दामोदर पौडेल बैरागीले उपभोग्य वस्तुको मुल्य अकासिएको भन्दै यसलाई नियन्त्रण गर्नुपर्ने बताउनु भयो । कालोबजारी बढेको, कृतिम अभाव भएको र गाडी भाडा बढाइएको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराउनु भयो ।

प्रतिनिधि सभा सदस्य दीपा शर्माले नेपाल भारत सिमानाकामा सुरक्षाकर्मीले चेकजाँचको नाममा हैरानी दिइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो । मुल्यवृद्धि नियन्त्रण गर्न अनुगमन गर्नुपर्ने उहाँले बताउनु भयो ।

प्रतिनिधि सभा सदस्य देवप्रसाद तिमल्सिनाले किसानले महिनौँदेखि दुधको मूल्य नपाएका भन्दै किसानको रकम तत्काल भुक्तानी गर्न माग गर्नुभयो ।

प्रतिनिधि सभा सदस्य प्रकाशमान सिंहले चाडपर्वको समयमा बजार भाउको नियन्त्रण हुनुपर्ने बताउनु भयो । उहाँले दैनिक उपभोग्य सामग्रीहरुको अभावको परिपूर्ति गर्न सरकारले ध्यान दिनुपर्ने बताउनु भयो ।

प्रतिनिधि सभा सदस्य प्रेमबहादुर महर्जनले महंगी र अभावलाई हटाउन अनुगमन हुनुपर्ने बताउनु भयो । उहाँले सुलभ खाद्यान्न पसलको व्यवस्था गर्न र सुलभ टिकट र यातायातको व्यवस्था गर्न पनि सरकारसँग माग गर्नुभयो ।

प्रतिनिधि सभा सदस्य देवेन्द्र पौडेलले विद्यार्थीहरुलाई नेपालकै विश्वविद्यालयमा शिक्षा प्राप्त गर्न सहज वातावरण बनाउनुपर्ने बताउन ुभयो । उहाँले विदेशमा हुनसक्ने अन्य विपद्का घट्नाहरुप्रति सरकार सजग हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘हाम्रो विश्वविद्यालयहरुको स्तरीकरण गर्ने र नेपालमा नै पठन पाठनको विश्वास जघाउने, र नेपालमा नै त्यसप्रकारका शिक्षाहरु प्राप्त गर्नको निम्ति सहज वातावरण बनाउने कुरातिर सरकारको गम्भिर ध्यान जानको निम्ति म विशेष अनुरोध गर्न चाहान्छु । संसारभरी त्यसप्रकारका परिस्थितिजन्य रुपमा आउनसक्ने घटनाहरुबाट सरकार शतर्क रहेर नेपाली नागरिकहरुलाई सुरक्षित बनाउने, फिर्ता बोलाउने र नेपालमा नै रहने, बस्ने, पढ्ने अध्ययन गर्ने आत्मविश्वास जघाउने गरी सरकारले विशेष पहल गर्नको निम्ति पनि म हार्दिक अनुरोध गर्न चाहन्छु ।’

प्रतिनिधि सभा सदस्य डोलप्रसाद अर्यालले गैर आवासिय नेपालीहरुलाई नागरिकता दिनका लागि गैर आवासिय नेपाली कार्ड अनिवार्य गर्नु नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘गैर आवासिय नेपालीले अहिलेसम्म नागरिकता प्राप्त गर्न सकेका छैनन् । संविधान अनुसार ऐन आउन ८ वर्ष लाग्यो । बल्लबल्ल नियमावली आयो नियमावली राजपत्रमा प्रकाशित भएको एक महिनासम्म पनि नागरिकता दिने तयारी भएको छैन । गैर आवासिय नेपाली कार्ड प्राप्त नभएकै कारण गैर अवासिय नेपाली नागरिकताको अवधारणा ल्याइएको हो । फेरी त्यही कार्ड अनिवार्य गर्नु र कार्ड लिनका लागि महंगो शुल्क राख्नु नेपाली नागरिकमाथिकै धोका हो । यसलाई सच्याएर सहजै नागरिकता प्राप्त गर्ने वातावरण बनाउन ध्यानाकर्षण गराउँदछु ।’

उहाँले गैर अवासीय नेपालीहरुले सहज रुपमा नागरिकता पाउने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराउनु भयो ।