९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

टालटुले तरिकाबाट अर्थतन्त्रका अहिलेका समस्या समाधान हुन सक्दैनन्: प्रधानमन्त्री

टालटुले तरिकाबाट अर्थतन्त्रका अहिलेका समस्या समाधान हुन सक्दैनन्: प्रधानमन्त्री
अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्रमाथि परेको दबाबलाई समाधान गर्न बोल्ड डिसिजनको आवश्यकता रहेको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले गरेको राष्ट्रिय आर्थिक वहस सुधारका लागि सहकार्य कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले सरकारी कार्यक्रम बनाउने नीति, प्रक्रिया र विधि बजेट निर्माणको प्रक्रिया र विधिमा पनि गम्भीर आत्मसमीक्षा गर्दै पोलिसीमा बोल्ड डिसिजन रहेको बताउनु भयो । उहाँले निजी क्षेत्र र सार्वजनिक क्षेत्रको सहकार्यमा सरकारले अपनाउँदै आएका नीतिका सन्दर्भमा मेजर अप्रेशनतिर जाने गरी सोचिरहेको बताउनु भयो । उहाँले अर्थतन्त्र सुधारका टालटुले तरिकाबाट अहिलेका समस्याको समाधान दिगो रुपमा गर्न सम्भव नरहेको बताउनु भयो । उहाँले अझै पनि अर्थतन्त्रको मुल समस्या समाधान हुन नसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मैले २०८०–०८१ को नीति तथा बजेट कार्यक्रमका सन्दर्भमा प्रतिनिधि सभामा बोल्दै गर्दा अब कुनै सुधारात्मक उपायले नेपालको अर्थतन्त्रमा वा हाम्रो ऐन, कानूनमा रहेका सीमाहरु वा पोलिसीमा रहेका कमीहरु सुधारको तरिकाद्वारा हल गर्न सकिने मैले देख्दिन । त्यसकारण एउटा मेजर अप्रेशन जरुरी छ । हामीले अहिलेसम्म अपनाउँदै आएको नीति कति सफल भयो ? त्यसले हामीलाई कहाँ ल्याइपुर्‍यायो ? हामीले सरकारी कार्यक्रम बनाउने नीति, प्रक्रिया र विधि बजेट निर्माणको प्रक्रिया र विधिमा पनि गम्भीर आत्मसमीक्षा गर्दै पोलिसीमा बोल्ड डिसिजन आवश्यक छ भनेको थिएँ । तर यसै वर्षको नीति, कार्यक्रम र बजेटका सन्दर्भमा परम्परागत ढंगले चल्दै आएको कुरामा हामीले सुधार गर्न समयको दबाबका कारण सम्भव छैन ।’

‘हामीले जे गरेका थियौँ त्यही फलो गर्नुको विकल्प छैन । तर अर्को पटक नीति कार्यक्रम बनाउने सन्दर्भमा पनि, बजेट निर्माणको सन्दर्भमा पनि, अर्थतन्त्रमाथि परेको दबाबलाई समाधान गर्न पनि हामीले केही बोल्ड डिसिजन गर्नुपर्नेछ । निजी क्षेत्र र सार्वजनिक क्षेत्रको सहकार्यका सन्दर्भमा पनि हामीले अपनाउँदै आएका नीतिका सन्दर्भमा पनि मेजर अप्रेशनतिर जाने गरी सोच्दैछु । अब फेरि नीति कार्यक्रम बनाउने तयारी त शुरु गर्नुपर्छ हामीले अर्को वर्षको भनेर क्याबिनेटमा थोरै चर्चा भयो । बजेटको तयारी पनि गर्नुपर्छ । अर्थतन्त्रमाथि परेको दबाबको सामना गर्ने नीति, उपाय पनि सोच्नुपर्ने हुन्छ । हामीले चर्चा शुरु गरेका छाँै ।’

‘हामी टालटुले तरिकाले सुधारका सामान्य तरिकाले अहिलेका समस्याको समाधान दिगो रुपमा गर्न सम्भव छैन । कहीँ न कहीँ हामीले पोलिसी सिफ्ट गर्न जरुरी छ । त्यसो गर्न नसके अफ्ठ्यारो छ । सुधार गर्न त बल गरियो, वित्तीय नीति र मौद्रिक नीतिकाबीचमा तालमेल मिलाउन निकै मिहेनत पनि भयो । बैंकको ब्याज केही घटाउने प्रयास पनि भयो । त्यो सामान्य सुधारात्मक जस्तो । सामाजिक क्षेत्रमा सुधार गर्ने कोशिस भयो । विदेशमा रहेका नेपालीका सन्दर्भका पनि कुरा आए । सामाजिक सुरक्षा कोषमा आवद्ध गर्नेकुरा होस्, नागरिकताको समस्या हल गर्ने कुरा होस्, मतदानको अधिकार दिने कुरा होस्, पासपोर्ट लाइसेन्स समस्याका समाधान गर्ने कोशिस गरियो तर अर्थतन्त्रको मुल समस्या समाधान भएको छैन ।’

प्रधानमन्त्री दाहालले अर्थतन्त्रको सुधारका कोशिस गरेपनि अर्थतन्त्र कतै न कतै समस्याग्रस्त रहेको भन्दै केही कुरामा गम्भीर रुपले समीक्षा नगर्ने र बोल्ड डिसिजन लिनेतिर अघि नबढ्ने हो भने झनै अफ्ठ्यारोमा जानसक्ने खतरा रहेको बताउनु भयो ।