६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप छनोटमा लाओसविरूद्ध खेल्ने नेपाली टोली घोषणा



अ+ अ-

काठमाडौँ । नेपालले भोली (बिहीबार) फिफा विश्वकप क्वालिफायर्स एसिया जोन राउण्ड-१ अन्तर्गत लाओससँग प्रतिष्प्रर्धा गर्दैछ ।

दशरथ रंगशालामा हुन लागेको नेपाल र लाओसबिचको खेल बिहीबार साँझ ५:३० बजेबाट सुरु हुनेछ । यसैबिच, मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले खेलका लागि आफ्नो अन्तिम टोली पनि घोषणा गरेका छन् ।

राउण्ड-२ आगामी साता लाओसमा हुनेछ । दुई लेगमा उत्कृष्ट रहने टिम दोस्रो चरणमा पुग्नेछ । फिफा वरियतामा लाओस एक सय ८६औँ र नेपाल एक सय ७५औँ स्थानमा छन् ।

नेपाली टोली:

गोलकिपर: किरणकुमार लिम्बु, दीप कार्की, अभिषेक बराल

डिफेन्डर: सनिश श्रेष्ठ, अनन्त तामाङ, आशिष गुरुङ, रोहित चन्द, अन्जन राई, अमृत श्रेष्ठ, एरिक विष्ट

मिडफिल्डर: सुदीप गुरुङ, लकेन लिम्बु, आवास लामिछाने, उत्सव राई, कृतिश रत्न छिन्जु, मनिष डाँगी, आशिष चौधरी

फरवार्ड: अन्जन विष्ट, आयुष घलान, जिलेस्पी जंग कार्की, दिनेश हेन्जन, हिसुब थपलिया, सञ्जीव विष्ट