९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

माओवादीले सत्ता गठबन्धनसँग छलफल गरेरमात्रै विद्यालय शिक्षा विधेयकमाथि संशोधन प्रश्ताव दर्ता गर्ने

माओवादीले सत्ता गठबन्धनसँग छलफल गरेरमात्रै विद्यालय शिक्षा विधेयकमाथि संशोधन प्रश्ताव दर्ता गर्ने
अ अ+ अ-

काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का सांसदहरुले सर्वदलिय बैठकको निचोड र सत्तारुढ गठबन्धनसँग छलफल गरेर मात्रै विद्यालय शिक्षा विधेयकमाथि संशोधन प्रश्ताव दर्ता गर्ने भएको छ ।

सोमवार सिंहदरबारस्थित दलको कार्यालयमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले आजै प्रधानमन्त्रीले बोलाएको सर्वदलिय बैठकमा पनि विद्यालय शिक्षा विधेयकको सम्बन्धमा छलफल हुने भन्दै सो छलफलको निचोडपछि मात्रै विधेयकमाथि संशोधन प्रश्ताव दर्ता गर्ने निर्णय भएको हो ।

त्यस्तै संशोधन प्रश्ताव दर्ता अघि सत्तारुढ गठबन्धनका दलहरुसँग पनि कुराकानी गर्ने निर्णय भएको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो । विधेयक विषयगत समितिमा आएपछि त्यसबारे थप छलफल गर्ने पनि उहाँले बताउनु भयो । त्यसैगरी बैठकमा संयुक्त राष्ट्रसंघका महासचिवले असोज २७ गतेको प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएकाले सो दिन सबैले सहभागिता जनाउने कुरा पनि भएको उहाँले बताउनु भयो । संसदको चालु अधिवेशन अन्त्यपछि सांसदहरुले जनतासँग जोडिने काम गर्न र सरकारले गरेका कामहरु जनतालाई जानकारी दिन पनि भनिएको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – ‘विद्यालय शिक्षा ऐनबारे हिजोदेखि संशोधन राख्नको लागि ७२ घण्टाको समय सुरु भइरहेको छ । त्यो संशोधन कसरी राख्ने ? त्यसका बारे आज मुख्य छलफल थियो । प्रधानमन्त्रीले सर्वदलिय बैठक, सबै प्रमुख सचेतकहरुलाई लाई पनि प्रधानमन्त्री कार्यालयमा बोलाउनुभएको छ । त्यसैमा नेपालको विद्यालय शिक्षालाई कसरी लैजान सकिन्छ भन्ने बारेमा पनि छलफल हुन्छ । त्यहाँपनि मोटामोटी विषयवस्तुहरु अगाडी बढ्छन् ।

त्यसबाट के निचोड निस्किन्छ त्यसको आधारमा हामी अझै सत्तापक्षका सबै गठबन्धन दलहरुसँग कुराकानी गरेर यसमा हामीले संशोधन राख्नुपर्छ भन्ने कुरा भएको छ । संशोधनहरुले माननीयहरुले आ–आफ्नो ठाउँबाट पनि राख्ने । समितिमा व्यापक छलफल गर्दा थप कुरा गर्दै जाउँला भन्ने कुरा भयो । संयुक्त राष्ट्रसंघका महासचिव नेपाल आउँदै हुनुहुन्छ । उहाँले २७ गते शनिवार ४ बजे संघीय संसदलाई सम्बोधन गर्दै हुनुहुन्छ । त्यसमा सहभागिता जनाउने कुरा भयो । दोस्रो अधिवेशनको अन्त्य पछि माननीयहरु आ–आफ्नो कार्यक्षेत्रमा जानुपर्ने हुन्छ, जनतासँग जोडिने, सरकारले गरेका कामहरुका बारेमा जनतालाई जानकारी दिने र जनताको टिप्पणी लिएर फेरी सदनमा प्रश्तुत हुने भनिएको छ ।’

प्रमुख सचेतक पाण्डेले बैठकले इजरायलमा निधन भएका नेपालीहरुप्रति श्रद्धाञ्जली र परिवारमा समवेदना व्यक्त गरेको बताउनु भयो । घटनामा परि घाइते भएकाहरुको उपचार, नेपाल फर्किनेहरुलाई नेपाल फर्काउन र शव ल्याउनका लागि पहलकदमी लिन सरकारलाई अनुरोध गर्ने निर्णय गरेको पनि उहाँले जानकारी दिनुभयो ।