९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

सरकारले ल्याएको विद्युत विधेयकलाई परिमार्जन गर्नुपर्छ: रमेश लेखक

सरकारले ल्याएको विद्युत विधेयकलाई परिमार्जन गर्नुपर्छ: रमेश लेखक
अ अ+ अ-

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारले संसदमा पेश गरेको विद्युत विधेयक–२०८० लाई परिमार्जन गर्नुपर्ने बताउनुभएको छ ।

आईतवार प्रतिनिधि सभा बैठकमा उहाँले नेपाली जनतालाई गुणस्तरीय, सस्तो र सुलभ विद्युत उपलब्धताको ग्यारेन्टी हुने गरी सरकारले सो विधेयक परिमार्जन गर्नुपर्ने बताउनुभएको हो । उहाँले निजी क्षेत्रलाई प्रोत्साहित गर्ने र वैदेशिक लगानी बढाउने काममा पनि सरकारले ध्यान दिनुपर्ने आवश्यक्ता औंल्याउनु भयो ।

प्रमुख सचेतक लेखकले भन्नुभयो, ‘यो विधेयकलाई परिमार्जन गर्न, समृद्ध बनाउन आवश्यक छ भन्ने म आग्रह गर्न चाहन्छु । यो विधेयकलाई सार्वजनिक क्षेत्रलाई अलि बढी महत्व दिएर निजी क्षेत्रलाई कमजोर आँकलन गरेको हो कि भन्ने आशंका गरिएको छ । यसतर्फ हामीले गम्भिरतापूर्वक हेर्नुपर्ला । र सरकारी र निजी क्षेत्र दुवैलाई यो काममा संलग्न गराउनु पर्ला विद्युत उत्पादनका लागि । यतातर्फ हेर्नुपर्ला भन्ने आग्रह गर्न चाहन्छु । दोस्रो विषय, विद्युतको सन्दर्भमा, यसको उत्पादनको सन्दर्भमा वैदेशिक लगानीलाई आकर्षण गर्न जरुरी छ । र, साथसाथै आन्तरिक तथा निजी लगानी अहिलेसम्म जुन भएको छ । त्यसको सुरक्षाको पनि आवश्यक्ता छ । र, सम्भावनाहरुलाई पनि हामीले जोड दिन आवश्यक छ ।’

‘अहिले हामीले जति विद्युत उत्पादन गरिराखेका छौं । त्यसको पनि ठूलो हिस्सा निजी क्षेत्रले उत्पादन गरेको छ । र, अहिले जो निर्माणधिन योजनाहरु रहेका छन् । त्यसको पनि ठूलो क्षेत्र निजी क्षेत्रले ओगटेको छ । त्यसो हुनाले सरकारले पनि आफ्नोतर्फबाट उत्पादन र प्रशारणको काम गरोस् । र, निजी क्षेत्रलाई पनि प्रोत्साहित गर्दै लिएर जाओस् भन्ने नीति हामीले अवलम्वन गर्नुपर्छ भन्ने मलाइ लाग्दछ । तेस्रो कुरा नेपाली जनतालाई गुणस्तरीय, सस्तो र सुलभ विद्युत उपलब्धताको ग्यारेन्टी सरकारले गर्न जरुरी छ । त्यसो भएको हुनाले यी विषयमा गम्भिरतापूर्वक ध्यानाकर्षण गर्न जरुरी छ । र, विधेयक राम्रो आएको छ । सरकारले राम्रो पहल, प्रयत्न गरेको छ । यसलाई थप परिमार्जन गर्नका निम्ति, समृद्ध बनाउनका निमित्त, यसलाई गम्भिरतापूर्वक छलफल गरेर, यसमा केही संशोधनहरु गरेर, परिमार्जन गरेर अघि बढनुपर्छ भन्ने आग्रह गर्न चाहन्छु । ’

प्रमुख सचेतक लेखकले सरकारले विधेयक राम्रो ल्याएको र त्यसलाई गम्भिरतापूर्वक छलफल गरेर अघि बढाउनुपर्ने बताउनु भयो ।