२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मूल्यवृद्धि नियन्त्रणमा सरकार गम्भीर भएन: प्रदीप पौडेल



अ+ अ-

काठमाडौँ । सत्तापक्ष नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले मूल्यवृद्धि नियन्त्रणमा सरकार गम्भीर नभएको आरोप लगाएका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले अहिले सबै चिजको मूल्यवृद्धि भइरहेको र यसमा सरकार गम्भीर नभएको बताएका हुन् ।

कतिपय बस्तुमा ४५ प्रतिशतसम्म मूल्यवृद्धि भएको बताउदै उनले भने, ‘अहिले सबै चिजको मूल्यवृद्धि भइरहेको छ, सरकारप्रतिको भरोसा र लोकप्रियतामात्रै नबढेको स्थिति छ । देखावटी रूपमा अनुगमन गर्ने होइन, मूल्यवृद्धि, कालोबजारी र कृत्रिम अभाव सिर्जना नहुने गरी सरकारले आफ्नो उपस्थिति देखाओस्।’

देश आर्थिक मन्दीले थलिएको र ३५ प्रतिशत सटर बन्द भएको उनको भनाई छ ।