९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

नेपाल कुनैपनि बेला शक्ति राष्ट्रहरुबीचको शिकार बन्ने खतरा छ: अध्यक्ष लिङदेन

नेपाल कुनैपनि बेला शक्ति राष्ट्रहरुबीचको शिकार बन्ने खतरा छ: अध्यक्ष लिङदेन
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नेपाल कुनैपनि बेला शक्ति राष्ट्रहरुबीचको प्रतिष्पर्धाको शिकार बन्नसक्ने खतरा रहेको बताउनुभएको छ ।

राप्रपाले मंगलवार काठमाडौंमा आयोजना गरेको नेपालको परराष्ट्र नीति: विगत,वर्तमान र भविष्य विषय विचार गोष्ठिमा बोल्दै अध्यक्ष लिङदेनले यस्तो बताउनुभएको हो । उहाँले वर्तमान सरकारको परराष्ट्र नीतिको कमजोरीको कारण नेपाल शक्ति राष्ट्रहरुको प्रतिष्पर्धा स्थानमा परिणत भइरहेको बताउनु भयो । उहाँले अहिले नेपालको परराष्ट्र नीति नरहेको टिप्पणी गर्नुभयो । अध्यक्ष लिङदेनले नेपालले देश–देशहरुसँग गरिरहेको सम्बन्ध आफ्नो सत्ता टिकाउनेमा केन्द्रित रहेको आरोप लगाउनु भयो ।

उहाँले सरकारले छिमेकी देशरुसँग लिने ऋण सहयोग समेत कमिसन,व्यक्ति र पार्टीको लाभसँग गाँसेर लिने गरेको उल्लेख गर्नुभयो । उहाँले विश्व राजनीतिमा आएको बदलाव र भूराजनीतिक परिस्थितीमा नेपाल रहेको बताउनु भयो । उहाँले अन्तर्राष्ट्रिय सम्बन्धमा नेपाल सामान्य अवस्थामा नभएको बताउनु भयो । उहाँले सत्तारुढ पार्टी र देशका मुख्य पार्टीहरुको विदेश सम्बन्ध राख्नु सत्ता केन्द्रित र सत्ताको लागि जे पनि सम्भmौता गर्ने गरिएको अरोप लगाउनु भयो । उहाँले विदेशीहरुको साथ समर्थन भएन भने चुनाव जित्न,चुनाव जितियो भने पनि सरकारमा पुग्न सकिँदैन र सरकारमा पुगियो भने पनि टिक्न सकिँदैन भन्ने मान्यतामा मुख्य राजनीतिक पार्टीहरु रहेको बताउनु भयो । उहाँले यस्ता क्रियाकलापले परराष्ट्र सम्बन्धमा गम्भिर परिस्थिति निम्त्याइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘अहिले नेपालको परराष्ट्र नीति छैन भनेपनि हुन्छ । सरकारले देश–देशहरुसँग गरिरहेको सम्बन्ध भनेको आफ्नो सत्ता कसरी टिकाउनेमा केन्द्रित छ । यस्तो घिन लाग्दो छ । सरकारले लिने ऋण सहयोग पनि कमिसन,व्यक्ति र पार्टीको लाभसँग गाँसेर लिने गरेपछि सहयोग गर्ने नेपाललाई हेर्ने दृष्टिकोण कस्तो होला । अहिले विश्व राजनीतिमा आएको बदलाव र जुन भूराजनीतिक परिस्थितिमा नेपाल छ । यो सामान्य अवस्थामा छैन । हामी सामान्य अवस्थामा छैनौं । अहिले सत्तारुढ पार्टी र मुख्य पार्टीहरुको विदेश सम्बन्ध भनेकै सत्ता केन्द्रित सम्बन्ध भएको र सत्ताको लागि जे पनि सम्भmौता गर्ने गरिएको छ ।

विदेशीहरुको साथ समर्थन भएन भने चुनाव जित्न सकिँदैन । चुनाव जितियो भने पनि सरकारमा पुग्न सकिदैन । सरकारमा पुगियो भने पनि टिक्न सकिँदैन भन्ने मान्यता छ । त्यो अनुसारको क्रियाकलाप भइरहेको छ । त्यसले गम्भिर परिस्थिति निम्त्याइरहेको छ । अहिले नेपाल शक्ति राष्ट्रहरुको प्रतिष्पर्धा स्थानमा परिनत भएको छ । सरकारको कमजोरीको कारण कुनैपनि बेला शक्ति राष्ट्रहरुबीचको प्रतिष्पर्धाको सिकार नेपाल बन्नसक्ने खतरा छ । नेपालले शक्ति राष्ट्रहरु र अन्य सबै विश्व समुदायसँग मुलुकको सम्बन्धको बारेमा ठोस अवधारण बनाउन जरुरी छ । कुनै शक्ति राष्ट्रको नजिक र टाढा भन्दा पनि समनिकटताको सम्बन्ध बनाउने,लाभ लिने र देशको ठोस परराष्ट्र नीति सबैले बुझ्ने र देखिने सम्बन्ध हुनुपर्छ । नेपालले सम्बन्ध राखेका देशसँग सम्बन्ध राख्दा अन्य कुनै पनि देशलाई समस्या पर्दैन भन्ने ग्यारेन्टी प्रदान गर्छौं भन्ने कुरा सरकारले अन्य देशलाई बुझाउन सक्नुपर्छ ।’

उहाँले नेपालले शक्ति राष्ट्रहरु र अन्य सबै विश्व समुदायसँग मुलुकको सम्बन्धको बारेमा ठोस अवधारण बनाउन जरुरी रहेको बताउनु भयो । अध्यक्ष लिङदेनले कुनै शक्ति राष्ट्रको नजिक र टाढा भन्दा पनि समनिकटताको सम्बन्ध बनाउने,लाभ लिने र देशको ठोस परराष्ट्र नीति सबैले बुझ्ने र देखिने हुन आवश्यक रहेको बताउनु भयो ।