५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकको पुँजी बजार ध्वस्त हुँदा पनि अर्थमन्त्रीलाई चासो छैन: हरि ढकाल



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले पुँजी बजार ध्वस्त हुँदा पनि अर्थमन्त्री डा. प्रकाशरण महतले चासो नदिएको आरोप लगाउनुभएको छ ।

मंगलवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले लगानीकर्ताको अर्बौं लगानी डुबिरहँदा पनि अर्थमन्त्री महतले पूँजी बजारबारे चासो नदिएको भन्दै आपत्ति जनाउनुभएको हो ।

सांसद ढकालले पूजी बजारका लागि नियमक निकायको रुपमा रहेको धितोपत्र बोर्डले कुनैपनि काम गर्न नसकेको जिकिर समेत गर्नुभयो । उहाँले मुलुकको अर्थतन्त्र सुधारका लागि आफूहरुले दिएको सुझावलाई अर्थ मन्त्रालयले सुनुवाई नगरेको गुनासो समेत गर्नुभयो ।

सांसद ढकालले भन्नुभयो, ‘सरकारलाई शान्ति सुरक्षाको विशेष ख्याल राख्न म ध्यानाकर्षण गराउन चाहन्छु । देशको आर्थिक अवस्थाको बारेमा यो सदनमा विभिन्न समयमा विभिन्न माननीयज्यूहरुले आवाजहरु उठाई राख्नुभएको छ । देश आर्थिक मन्दीमा जाँदैछ । आर्थिक मन्दीमा धस्सीदैछ । आर्थिक मन्दीमा धस्सीनुका कारणहरुमा उत्खनन कसैले गरेका छैनन् । किन आर्थिक मन्दीमा फस्दैछ भनेर सुझावहरु दिँदा अर्थ मन्त्रालयले ती सुझाव सुनुवाई गर्दैन । बैंक, वित्तीय संस्थाहरुमा नेपालमै पहिलो पटक लगानीयोग्य रकम प्रशस्त छ ।’

‘यो हुँदाहुँदै ऋण प्रवाह हुन सकिरहेको छैन । बैंकहरुका अस्वस्थ प्रतिस्पर्धा र राष्ट्र बैंकका कारणले गर्दा गर्दा लोन प्रवाह हुन सकिरहेको छैन । नेपालको पूजी बजार ध्वस्त छ । अर्वाै लगानीकर्ताले पूजी डुबेको छ । राज्यलाई एक महिनामा ३ अर्व २५ करोड राजश्व बुझाएको क्षेत्र हो त्यो पूँजीबजार । त्यो ध्वस्त हुँदैगर्दा अर्थमन्त्रीलाई चासो छैन । नियमक निकायलाई चासो छैन । आज लगानीकर्ताले खर्बौ रकम पूजी बजारमा डुबाईरहँदाखेरी नियमक निकाय त्यो धितोपत्र बोर्ड भन्ने छ । त्यसलाई मैले ढिलो पत्र बोर्ड भन्ने गरेको छु । लगानी कर्ताको काम गर्नका लागि बनेको त्यो ढिलो पत्र बोर्डले केही पनि काम गर्दैन । ’

सांसद ढकालले मुलुकमा सामाजिक सदभाव भडकाउने प्रयास भईरहेको उल्लेख गर्दै सरकारलाई शान्ति सुरक्षाबारे विशेष ख्याल राख्न पनि आग्रह गर्नुभयो ।