२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धन सरकार चरम अनुत्तरदायि र गैर जिम्मेवार भयो: ओली



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन सरकार अनुत्तरदायि र गैर जिम्मेवार भएको बताउनुभएको छ ।

मंगलवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले वर्तमान सरकार स्वेच्छाचारी, विकास बिरोधी रहेको उल्लेख गर्नुभयो । उहाँले अहिले विकासका कामलाई ठप्प पारिएको बताउनु भयो । उहाँले काम शुरु गरिसकेका आयोजनालाई भुक्तानी नदिएको भन्दै भुक्तानी नदिएर भयावह स्थितिको सिर्जना भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेस नेतृत्वको गठबन्धन, त्यसपछि अहिलेको नेकपा (माओवादी केन्द्र) को नेतृत्वको गठबन्धन कस्ता देखिएका छन् ततपाईहरु हामी सबैलाई थाहा छ । भन्न मिल्नु, नमिल्नु, सक्नु, नसक्नु, बेग्लै कुरा हो । यी सरकारहरु चरम अनुत्तरदायि, गैर जिम्मेवार छ । स्वेच्छाचारी देखिएका छन्, विकास बिरोधी देखिएका छन् । विकासका कामलाई ठप्प पारेका छन् । चलिरहेका आयोजनाहरु रोकिएका छन् । काम शुरु गरिसकेका आयोजनालाई भुक्तानी दिइएको छैन । भुक्तानी नदिएर भयावह स्थितिको सिर्जना भएको छ । उनीहरुले ऋण तिर्न सकेका छैनन् । दिनुपर्नेलाई आफूले सामान लिएकाहरुलाई, लगाएका कामहरुमा भुक्तानी दिन सकिएको छैन ।’

अध्यक्ष ओलीले नेकपा (माओवादी केन्द्र) को नेतृत्वको गठबन्धनले कुनै राम्रो काम गर्न नसकेको बताउनु भयो ।