५ श्रावण २०८३, मंगलवार
,
Latest
आइएमईद्वारा बीवाईडी एट्टो १ ईभी विजेतालाई पुरस्कार हस्तान्तरण साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबीच सहकार्य एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन कीर्तिपुरमा आगलागी भएको गाडीबाट पुरुषको शव बरामद वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव वैदेशिक रोजगारका ४० हजारभन्दा बढी पुराना फाइल डिजिटलाइज गरिँदैः ठगी शुन्यमा झार्ने श्रममन्त्रीको उद्घोष ज्येष्ठ नागरिकको अधिकारको विषयमा छुट्टै महासन्धि बन्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोंगबु बसपार्कमा निःशुल्क स्वास्थ्य शिविर



अ+ अ-

काठमाडौँ । सडक सुरक्षा तथा सचेतना कार्यक्रमअन्तर्गत काठमाडौंको गोंगबुु बसपार्कमा निःशुल्क स्वास्थ्य शिविर भएको छ ।

प्रहरी वृत्त नयाँ बसपार्क, लोत्से बहुउद्देश्यीय प्राईभेट लिमिटेडको आयोजना र ओम चावहिल डेण्टल हस्पिटल चावहिल कोटेश्वरकोसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य परीक्षण भएको हो । चाडपर्व नजिकिँदै गर्दा बस पार्कमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले सवारी चालक र सहचालकको निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइएकोे बताउनु भयो । उहाँले नयाँ बसपार्क राष्ट्रिय बसपार्क समेत भएकाले धेरै यात्रुहरु भित्रिने र जाने क्रम हुने भन्दै चालकको स्वास्थ्य अवस्था थाहा पाउन नाक, कान, घाँटी, आँखा र दाँत परीक्षण गरिएकोे बताउनु भयो ।

प्रहरी नायव महानिरीक्षक पोखरेलले भन्नुभयो, ‘आईरहेको चाडपर्व र सडक सुरक्षा तथा ट्राफिक सचेतना कार्यक्रम एक हप्ता मनाएका थियौं । त्यो हिसावले नयाँ बस पार्कमा सवारी चालक र सहचालकहरुलाई मध्यनजर गर्दै स्वास्थ्य शिविरको आयोजना गरीएको हो । नयाँ बसपार्क राष्ट्रिय बस पार्क पनि हो । यहाँ नाक, कान, घाँटी, आँखा र दाँतलाई फोकस गरेर निःशुल्क उपचार गरिएको छ । ’

त्यस्तै नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले ट्राफिक सप्ताहको अवसरमा दुर्घटना न्युनिकरणका लागि चालक र सहचालकलाई स्वास्थ्य परीक्षण गरिएको बताउनु भयो । उहाँले लाखौँ नागरिकलाई मेची—महाकाली पुर्याउनुपर्ने दायित्व चालक र सहचालकको भएको भन्दै उहाँहरुको स्वास्थ्य परीक्षण गरिएको जानकारी दिनुभयो । उहाँलेसवारी र चालक जहिलेपनि स्वस्थ हुुनुपर्ने बताउनु भयो ।

महासंघका वरिष्ठ उपाध्यक्ष सिटौलाले भन्नुभयो, ‘ट्राफिकहरुको सप्ताह चलिरहेको छ । आज रचनात्मक ढंगबाट राष्ट्रिय बसपार्कमा स्वास्थ्य शिविरको आयोजना गरिएको हो । महान पर्व दशैँ,तिहार, छट लगायतका पर्व आइरहेका छन् । लाखौँ नागरिकलाई मेची—महाकाली पुर्याउनुपर्ने दायित्व पनि छ । सवारी दुर्घटना न्युनिकरण गर्ने दुई वटा पाटो छ ।

चालक र सहचालक स्वस्थ हुनुपर्छ र,सवारी चुस्त दुरुस्त हुनुपर्छ । चार पाँच सय जना चालक, सह चालकलाई परीक्षण गर्ने र तत्काल थप उपचार पनि गर्न सकिन्छ भनेर पनि कार्यक्रम भएको हो । अहिले तत्काल स्वास्थ्य परीक्षण गरेर केही कमी कमजोरी निस्कियो भने थप उपचार गर्न पनि सहज हुन्छ । सवारीका लागि यान्त्रिक चेकजाँच पनि हुनेछ । सवारी र चालकलाई स्वस्थ बनाउनु पर्छ । ’

ट्राफिक सप्ताह अन्तर्गत निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।