९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

बाँदरको समस्या निराकरणका लागि संसदमा संकल्प प्रश्ताव प्रश्तुत गर्न आग्रह

बाँदरको समस्या निराकरणका लागि संसदमा संकल्प प्रश्ताव प्रश्तुत गर्न आग्रह
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । सरकारले बँदेललाई कृषि हानीकारक वन्यजन्तुको रुपमा घोषणा गर्ने तयारी थालेको छ ।

सोमवार सिंहरदरबारमा बसेको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा वन तथा वातावरण मन्त्रालयका सचिव डा. दीपककुमार खरालले तत्काल बँदेललाई कृषि हानीकारक वन्यजन्तुको रुपमा घोषणा गरेर जाने तयारी भइरहेको बताउनुभएको हो ।

उहाँले बाँदरको केसमा भने संसदमै सहमति गरेर वा संकल्प प्रश्ताव पास गरेर नगइकन सरकारबाट सिधै मार्ने, पक्रने लगायतका काम गर्दा धार्मिक, सांस्कृतिक, पारम्परिक रुपमा प्रश्न उठ्ने बताउनु भयो । उहाँले संसद र समितिले बाँदरका लागि दिने निर्देशनले मन्त्रालयलाई सोही अनुसारको योजना बनाएर काम गर्न हुने बताउनु भयो ।

उहाँले मानव जीवजन्तु द्वन्द्व समाधानका लागि ठाउँमा ठाउँमा ठूला वन्यजन्तु पार्क नबनाउने हो भने समस्या समाधान गर्न कठिन रहेको बताउनु भयो । उहाँले अहिले सानो खोरमा ६ वटासम्म बाघ राख्ने गरेको उल्लेख गर्दै पशु अधिकारको हनन भएको बताउनु भयो । वन्यजन्तुलाई व्यवस्थित बनाउन मन्त्रालयको बजेट अपर्याप्त रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘द्वन्द्व निराकरण गर्नको लागि वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका दुई वर्षअघि मात्रै तर्जुमा गरेर कार्यान्वयन भइरहेको हुनाले बिस्तारै अब आगामी दिनमा यो समाधान हुँदै जान्छ । कृषि र बस्तीहरुमा जुन समस्या बढेको छ, वन्यजन्ततुको कारणले । बँदेललाई कृषि हानीकारक वन्यजन्तुको रुपमा घोषणा गरेर अहिले तत्त्काल जाने तर बाँदरको केसमा एउटा कुरा संसदमै सहमति गरेर विज्ञप्ती वा कुनै संकल्प प्रश्ताव पास गरेर नगइकन यो विषय तत्काल घोषणा गरेर यससलाई मार्न, समात्न, पक्रन भन्दा धार्मिक, सांस्कृतिक, पारम्परिक रुपमा पनि प्रश्न उठ्ने भएकाले त्यसमा मन्त्रालय र हाम्रो मात्रै क्षेत्र नभएकाले संसद र समितिले पनि निर्देशन दिए त्यही अनुसार काम गर्न सहज हुनेछ । तत्काल जुन समस्या परेको छ, मानव जीवजन्तु द्वन्द्वमा हामीले ठाउँमा ठाउँमा ठूला वन्यजन्तु पार्क नबनाउने हो भने यो समस्या समाधान गर्न गाह्रो छ । अहिले ६ वटा बाघ निकुञ्जमा ल्याएर एउटै खोरमा राखेका छौँ । पशु अधिकार पनि हनन छ । बजेट पर्याप्त छैन । हाम्रो मन्त्रालयमा विनियोजित बजेट अत्यन्त कम छ । त्यसले यो समस्या समाधान गर्न सक्दैन ।’

समितिको बैठकमा बोल्दै राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक सिन्धुप्रसाद ढुंगानाले मानव–वन्यजन्तु द्वन्द्वका लागि बनाइएको निर्देशिका क्षतिपूर्ति नभएको बताउनु भयो । सो निर्देशिका राहत मात्रै भएको उहाँको भनाइ थियो । मानव–वन्यजन्तु द्वन्द्व समाधानका लागि २० देखि २२ करोड चाहिने अनुमान रहेपनि अर्थ मन्त्रालयले १० करोड मात्रै बजेट दिएको यो रकम अपर्याप्त रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मानव वन्यजन्तु द्वन्द्वका लागि हामीले जुन निर्देशिका बनाएका छौँ, त्यो निर्देशिका क्षतिपूर्ति होइन । क्षतिपूर्तिको निर्देशिकै होइन, त्यसैले राहत निर्देशिका भनेका छौँ । जुन क्षति मानिसलाई पुग्छ, त्यसको तुलनामा यो राहत मात्रै हो । २० हजारसम्म भनेर तोकेको हो । नोक्शान कति छ त्यति र २० हजार सम्मको भए २० हजार र त्यो भन्दा माथिको जति भएपनि २० हजार हो । किनभने बजेट हामीलाई २० देखि २२ करोड चाहिने अनुमान छ, तर बजेट अर्थमन्त्रालयले १० करोड दिएको छ । साधन श्रोत भए त जति धेरै दिनसक्यो, त्यति राम्रो हो ।’

समितिको बैठकमा बोल्दै वन तथा भू संरक्षण विभागका महानिर्देशक शिवकुमार वाग्लेले राष्ट्रिय गौरवका आयोजना वा सबै किसिमका विकासका आयोजनामा वनका कारण समस्या भयो भन्नेकुरा बुझाइको कमी भएको उल्लेख गर्नुभयो । उहाँले स्थानीय तहलाई दिएको अधिकारले वन क्षेत्र प्रयोग गर्न र रुख काट्न अनुमति नदिएको भन्दै यसमा प्रक्रियागत कुरा लामो हुने गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘समस्या, यो राष्ट्रिय गौरवका आयोजना वा सबै किसिमका विकासका आयोजना जहिले पनि वनले अड्कायो भन्ने समस्या छ । तर कतिपय ठाउँमा बुझाइको फरक हो की जस्तो लाग्छ । कार्यालय तल छ तर तलको कार्यालयले वन क्षेत्र प्रयोग गर्न र रुख काट्न अनुमति दिन पाउँदैन, ऐनले नै वन क्षेत्रको स्वामित्व नेपाल सरकारको हुनेछ भन्ने छ । प्रक्रियागत रुपमा नै समस्या लाग्छ ।’

महानिर्देशक वाग्लेले ऐनले नै वन क्षेत्रको स्वामित्व नेपाल सरकारको हुने उल्लेख गरेको भन्दै प्रक्रियागत कुरा लम्बिँदाको समस्या वनलाई देखाउने गरिएको बताउनु भयो ।