२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलिया गएका विमल एनएसएल खेल्न नेपाल आउने



अ+ अ-

काठमाडौं । हालै अष्ट्रेलिया गएका राष्ट्रिय फुटबल टीमका फरवार्ड  विमल घर्तिमगर नेपाल सुपर लिग (एनएसएल) खेल्ने भएका छन् । उनी नेपाल सुपर लिगमा आइकनिक प्लेयरका रुपमा सहभागी हुन लागेका हुन् ।

सामाजिक सञ्जालमार्फत जानकारी गराउदै विमलले चितवन एफसीबाट खेल्ने बताएका छन् । फेरि पनि आफ्नो माटोमा खेल्ने सुवर्ण मौका दिएको भन्दै उनले क्लबलाई धन्यवाद दिएका छन् ।

‘उमेर को बड्दो क्रम सङै जिम्मेवारी र ब्यवहारिक पन पनि बड्ने रहेछ । त्यसै क्रम मा आफ्नो र परिवार को उज्ज्वल भबिस्य बनाउन को निम्ति आफ्नो प्राण प्यारो देश प्रती को माया र लगाव लाई एक्छिन थाती राखेर अष्ट्रेलिया आउने निधो गरे । तर पनि मलाइ माया गरेर पुन मलाइ आउदै गरेको नेपाल सुपर लिग मा आइकनिक प्लेयरको रुपमा फेरि पनि आफ्नो माटो मा खेल्ने सुबर्ण मौका दिनु भएको मा चितवन एफसि लाई लाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहान्छु ।’,  बिमलले लेखेका छन् ।

एनएसएलको दोस्रो संस्करण आगामि मंसिर ८ गतेबाट सुरु हुँदैछ । एनएसएलका लागि गत शनिबार खेलाडीहरुको अक्सन भएको थियो । देश छोडिसकेकाले अक्सनमा बिमलको नाम भने आएको थिएन । उनले अष्ट्रेलिया जानुअघि ललितपुर सिटी एफसीसँग गरेको सम्झौता रद्द गरेका थिए ।

एनएसएलको प्रावधानअनुसार देशबाहिर खेलिरहेका खेलाडीलाई क्लबले आइकनिक खेलाडीका रुपमा अनुबन्ध गरेर खेलाउन सक्छन् । त्यसै अन्तर्गत बिमललाई चितवन एफसीले अनुबन्ध गरिएको हो ।