९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

अष्ट्रेलिया गएका विमल एनएसएल खेल्न नेपाल आउने

अष्ट्रेलिया गएका विमल एनएसएल खेल्न नेपाल आउने
अ अ+ अ-

काठमाडौं । हालै अष्ट्रेलिया गएका राष्ट्रिय फुटबल टीमका फरवार्ड  विमल घर्तिमगर नेपाल सुपर लिग (एनएसएल) खेल्ने भएका छन् । उनी नेपाल सुपर लिगमा आइकनिक प्लेयरका रुपमा सहभागी हुन लागेका हुन् ।

सामाजिक सञ्जालमार्फत जानकारी गराउदै विमलले चितवन एफसीबाट खेल्ने बताएका छन् । फेरि पनि आफ्नो माटोमा खेल्ने सुवर्ण मौका दिएको भन्दै उनले क्लबलाई धन्यवाद दिएका छन् ।

‘उमेर को बड्दो क्रम सङै जिम्मेवारी र ब्यवहारिक पन पनि बड्ने रहेछ । त्यसै क्रम मा आफ्नो र परिवार को उज्ज्वल भबिस्य बनाउन को निम्ति आफ्नो प्राण प्यारो देश प्रती को माया र लगाव लाई एक्छिन थाती राखेर अष्ट्रेलिया आउने निधो गरे । तर पनि मलाइ माया गरेर पुन मलाइ आउदै गरेको नेपाल सुपर लिग मा आइकनिक प्लेयरको रुपमा फेरि पनि आफ्नो माटो मा खेल्ने सुबर्ण मौका दिनु भएको मा चितवन एफसि लाई लाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहान्छु ।’,  बिमलले लेखेका छन् ।

एनएसएलको दोस्रो संस्करण आगामि मंसिर ८ गतेबाट सुरु हुँदैछ । एनएसएलका लागि गत शनिबार खेलाडीहरुको अक्सन भएको थियो । देश छोडिसकेकाले अक्सनमा बिमलको नाम भने आएको थिएन । उनले अष्ट्रेलिया जानुअघि ललितपुर सिटी एफसीसँग गरेको सम्झौता रद्द गरेका थिए ।

एनएसएलको प्रावधानअनुसार देशबाहिर खेलिरहेका खेलाडीलाई क्लबले आइकनिक खेलाडीका रुपमा अनुबन्ध गरेर खेलाउन सक्छन् । त्यसै अन्तर्गत बिमललाई चितवन एफसीले अनुबन्ध गरिएको हो ।

https://www.facebook.com/Bimal.Gharti.Magar.NET/posts/908321760661786?ref=embed_post