५ आश्विन २०८१, शनिबार
,
Latest
एन्फा महिला लिगमा पुलिस र संकटा विजयी असोज १२ मा काठमाडौं म्याराथनको १६ औं संस्करण परराष्ट्रमन्त्री डा राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता काँग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छः डा. शशांक कोईराला अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी देउवाको दाबीः काँग्रेस–एमाले गठबन्धनबाट जनता खुशी र आनन्दित छन् देशलाई आर्थिक सङ्कटबाट जोगाउन कांग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ मधेस प्रदेशमा पनि बन्यो गल्फ मैदान मुलुकमा बेइमानहरु बढ्दै गएः सभापति पोखरेल प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणाली चाहिन्छः अध्यक्ष दाहाल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धनको सरकार देशका लागि दुर्भाग्य: ओली



अ+ अ-

विराटनगर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार मुलुकका लागि दुर्भाग्य भएको टिप्पणी गर्नुभएको छ ।

पार्टीको कोशी प्रदेश महाधिवेशनलाई सम्बोधनका लागि शुक्रबार विराटनगर आइपुग्नुभएका उहाँले गठनबन्धन दलको समर्थनमा बनेको सरकारलाई अपराधी र तस्करलाई संरक्षण गर्ने सरकार भएको आरोप लगाउनुभयो ।

“गठबन्धन सरकार अपराधी, तस्करको संरक्षकको रुपमा देखिएको र यसले नेपाली जनता र राष्ट्रलाई केही पनि हुन सकेन, त्यसैले यो सरकार रहनु देशका लागि दुर्भाग्य हो”, उहाँले भन्नुभयो ।

सरकारमा जाने एमालेको चाहना नभएको र अहिलेको सरकारको उपयुक्त विकल्प पनि नदेखिएको उहाँको भनाइ थियो । देशका प्रमुख पार्टी जिम्मेवार हुँदा अहिलेको सरकारको विकल्प हुन्थ्यो भन्दै अध्यक्ष ओलीले तर त्यो तहमा सोच्ने क्षमता कांग्रेसमा नदेखिएकोले मिसन २०८४ मा लागेको बताउनुभयो ।

“एमाले र कांग्रेसको सरकार निर्माणका लागि सोच्ने तहमा कांग्रेस नभएको र कांग्रेसमा देशप्रतिको चिन्ता र कांग्रेसभित्र भइरहेको कुरामा गम्भीरता देखिएको छैन । त्यसैले कांग्रेससँग मिलेर सरकार बनाउने र नबनाउने कुरा नै हुँदैन किनकी कांग्रेस अहिले बेग्लै संसारमा छ”, उहाँले भन्नुभयो ।

पार्टीको प्रदेश महाधिवेशनमा सके सहमति गर्नु र नसके स्वस्थ प्रतिस्पर्धा गर्न नेता, कार्यकर्ता तथा प्रतिनिधिलाई निर्देशन दिएको तर सञ्चार क्षेत्रले अहिले आफूले भनेको कार्यकर्ताले मानेनन् भन्ने जबर्जस्ती सन्देश दिन खोजेको आरोप उहाँको टिप्पणी थियो ।

कोशी प्रदेशमा स्थिरता आवश्यक रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले भन्नुभयो, “प्रादेशिक हिसाबमा पनि अहिले मध्यावधिमा जानु हुँदैन, त्यो अवस्था छैन, प्रदेशलाई मध्यावधितर्फ धकेल्ने कुरा बुद्धिमानीपूर्ण हुँदैन र धकेलियो भने पनि एमालेलाई बहुमत ल्याउने अवसर मिल्छ ।”