२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भेटेरिनरी सेवाको पुनर्संरचना गर्ने चरणमा छौँ: गृहमन्त्री श्रेष्ठ



अ+ अ-

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सार्वजनिक स्वास्थ्य पशु चिकित्सकको ज्ञान र सीपलाई सार्वजनिक स्वास्थ्य र खाद्य सुरक्षा क्षेत्रहरूमा एकीकृत गर्न जरुरी रहेको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित प्रथम नेपाल भारत अन्तर्राष्ट्रियस्तरीय जनस्वास्थ्य सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले वास्थ्य पशु चिकित्सकहरूको ज्ञान र सीपलाई मुख्य प्रवाहमा ल्याएर ती क्षेत्रहरूलाई अझ बलियो बनाउनुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले जनस्वास्थ्य पशुचिकित्सकहरूको भुमिका जनतालाई सुरक्षित पशु स्रोत खाद्यान्न आपूर्ति गर्न निर्णायक हुने पनि बताउनु भयो । उहाँले नेपालमा भेटेरिनरी सेवाहरूको पुनर्संरचना गर्ने चरणमा रहेको पनि बतउनु भयो । उहाँले नयाँ संरचना अन्तर्गत जनस्वास्थ्य संस्थालाई बलियो बनाउन प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो उच्च समय हो कि, हामीले सार्वजनिक स्वास्थ्य पशु चिकित्सकहरूको ज्ञान र सीपहरूलाई सार्वजनिक स्वास्थ्य र खाद्य सुरक्षा क्षेत्रहरूमा एकीकृत र मुख्य प्रवाहमा ल्याउने छ । ती क्षेत्रहरूलाई अझ बलियो बनाउन सकिन्छ । हाल, अति कम विकसित देशहरू स्वस्थ जनसंख्या वृद्धि गर्न खाद्य सुरक्षा मापदण्डहरू पूरा गर्न कडा संघर्ष गरिरहेका छन् । जनस्वास्थ्य पशुचिकित्सकहरूको भुमिका जनतालाई सुरक्षित पशु स्रोत खाद्यान्न आपूर्ति गर्न निर्णायक हुनसक्छ ।

हामीले यस उद्देश्यका लागि पर्याप्त नियामक फ्रेमवर्कहरू निर्माण गर्नुपर्छ भन्ने मैले बुझेको छु । हामी नेपालमा भेटेरिनरी सेवाहरूको पुनर्संरचना गर्ने चरणमा छौं । नेपाल सरकारले जुनोटिक र अन्य संक्रामक रोगहरूको नियन्त्रण र खाद्य सुरक्षाका समस्याहरूमार्फत जनस्वास्थ्यको सुरक्षाका लागि पशु चिकित्सा जनस्वास्थ्य संस्थाहरू महत्वपूर्ण छन् भनी महशुस गरेको छ । यस्तो अवस्थामा हामी नयाँ संरचना अन्तर्गत जनस्वास्थ्य संस्थालाई बलियो बनाउन प्रतिवद्ध छौं ।’

गृहमन्त्री श्रेष्ठले सरकारले जुनोटिक र अन्य संक्रामक रोगहरूको नियन्त्रण गर्न र जनस्वास्थ्यको सुरक्षाका गर्न पशु चिकित्सा जनस्वास्थ्य संस्थाहरू महत्वपूर्ण रहेको बताउनु भयो ।