२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रणवीर कपूरको फिल्म ‘एनिमल’को टिजर सार्वजनिक (भिडिओ)



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता रणवीर कपूर स्टारर फिल्म ‘एनिमल’को टिजर सार्वजनिक भएको छ।

बिहीबार रणवीर कपूरको जन्मदिनको अवसर पारेर फिल्मको टिजर सार्वजनिक गरिएको हो। सार्वजनिक टिजरमा रणवीर कपूरको एक्सन दृश्य समेटिएको छ।

दुई मिनेटभन्दा लामो टिजरमा बाबु-छोराको सम्बन्धको समस्यालाई देखाईएको छ । जहाँ अनिल कपुर बुबा हुन्छन् भने रणवीर छोरा हुन्छन् । टिजरमा अनिल कपूरलाई आक्रामक देखाईएको छ । तर, रणवीरले आफ्नो बुबालाई ‘बेस्ट फादर’ भनिरहेका हुन्छन् ।

टिजरमा रणवीरलाई एक धनी परिवारबाट आएको देखाईएको छ तर पछि उनी बुबासँगको समस्याले हिंसात्मक बाटोमा धकेलिएका देखाईन्छ।

सन्दीप रेड्डी वांगाले निर्देशन गरेको फिल्ममा रणवीरसँगै रश्मिका मन्दना, बबी देओल, अनिल कपूरको मुख्य भूमिका छ। फिल्ममा रश्मिका रणवीरकी श्रीमतीको भूमिकामा देखिनेछिन् ।

फिल्ममा भुषण कुमार, प्रणय रेड्डी वांगा, मुरद खेतानी र कृष्ण कुमारको लगानी रहेको छ। यो फिल्म हिन्दी, तमिल, तेलुगु, मलयालम र कन्नड भाषामा १ डिसेम्बरदेखि प्रदर्शन हुनेछ।