२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

१३ करोडको ब्याग बोक्छिन् करिना, २६ हजारको माक्स लगाउँछिन्



अ+ अ-

एजेन्सी । बलिउडकी बेबो अर्थात् करिना कपुरले २१ सेप्टेम्बरमा आफ्नो ४३ औँ जन्मदिन मनाइन् । यस पटक उनको जन्मदिन विशेष थियो किनभने उनले ओटीटी मा डेब्यू गसरन्। उनको जन्मदिनको दिन उनको फिल्म ‘जाने जाना’ नेटफ्लिक्समा रिलिज भएको थियो ।

करिना कपुर आफ्नो फेशन सेन्स र लग्जरी लाइफस्टाइलका कारण सधैं चर्चामा रहन्छिन् । आलिया भट्ट र भूमि पेडनेकर पनि उनको स्टाइलको तारिफ गर्छिन् ।

करिना हरेक वर्ष छुट्टी मनाउन जान्छिन् । जुन २०२२ मा करीना सैफसँग माल्दिभ्स गइन् । करिना यहाँ ‘सोनेभा फुशी’ नामक भिलामा बसेकी थिइन् । यस फाइभ स्टार भिल्लामा एक रात बिताउन करिनाले करिब १८ लाख भारतीय रुपैयाँ खर्च गर्नुपरेको थियो ।

यस बाहेक करिनाले युरोपमा पनि बिदा मनाउँछिन् । यसै वर्ष जुलाईमा करिना श्रीमान् र छोराछोरीसँग इटाली गएकी थिइन् । करीनाले आफ्ना विदेशी साथीहरूसँग खाजा खाँदै गरेको तस्विर पनि सेयर गरेकी छन् । करिनाले यहाँ एक दिन बस्न दुई लाख रुपैयाँ खर्च गरेकी थिइन् ।

उनीसँग हर्मेस बिर्किनको दुईवटा ब्याग रहेको छ । जसको मूल्य १३ करोड रुपैयाँ रहेको छ । यस्तै उनीसँग शनेलको ब्याग समेत रहेको छ जसको मूल्य ६ लाख रुपैया पर्न जान्छ । कोरोनाकालमा करिनाले लुइस भिटनको माक्स लाएकी थिइन् । जसको मूल्य २६ हजार रहेको थियो ।

करीनासँग १८ क्यारेटको बुलगारी सर्पेटी रोज सुनको घडी छ । यो घडी चम्किलो हिराले बनेको छ र यसको मूल्य २७ लाख रुपैयाँ छ । करिनासँग ७५ लाख मूल्यको ५ क्यारेटको प्लैटिनम रिंग पनि छ । सैफले यो औंठी करिनालाई आफ्नो इन्गेजमेन्टको अवसरमा उपहार दिएका थिए ।

हाल करीना पुमा, लक्स, ल्याक्मे, हेड एण्ड शोल्डर्स, कोलगेट जस्ता धेरै ठूला ब्रान्डहरूमा देखिन्छिन् । उनले ब्राण्ड प्रमोशनका लागि ५ देखि ६ करोड रुपैयाँसम्म लिन्छिन् । उनले एउटा फिल्मका लागि ८ देखि १० करोड भारु लिन्छिन् ।