२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षक–सरकार सहमति कार्यान्वयनका लागि सभामुखलाई ध्यानाकर्षण



अ+ अ-

काठमाडौैँ । नेपाल शिक्षक महासंघले सरकारसँग गरेको सहमती अनुरुप विधेयकलाई संशोधन गरी पारित गर्न सभामुखलाई ध्यानाकर्षण गराएको छ ।

सोमवार नेपाल शिक्षक महासंघकि सहअध्यक्ष नानुमाया पराजुली नेतृत्वको टोलीले सभामुख देवराज घिमिरेलाई भेटी सरकारसँग गत असोज ५ गते भएको सहमतिका बारेमा जानकारी गराएको हो ।

आन्दोलनरत शिक्षक र सरकारका बिचमा भएको सहमति अनुरुप विधेयकलाई संशोधन गर्दै पारित गर्न शिक्षकहरुले सभामुखको ध्यानाकर्षण गराएका हुन् । आफूहरुले पटक–पटक सहमतिको नाममा सरकारबाट धोका खाएको भन्दै शिक्षकहरुले यसपटक भने विधेयकमा सहमतिका बुँदा अनुरुप संशोधन भइ माग पूरा गर्न सभामुखलाई अनुरोध गरिएको छ । सभामुखसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिकि सहअध्यक्ष नानुमाया पराजुलीले सभामुखलाई सरकारसँग भएको सहमतिको बुँदा हस्तान्तरण गर्दै संसदमा आवश्यक भुमिका खेल्न आग्रह गरिएको बताउनु भयो । उहाँले विधेयक फिर्ता नगरी शिक्षकहरुको आवश्यक माग सम्बोधन गर्दै तुरुन्त पारित गर्न आग्रह गरिएको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘नेपाल सरकारको वार्ता समिति र हामी नेपाल शिक्षक महासंघको तर्फबाट जुन हामीले सहमति गरेका थियौँ ति सहमतिका बुँदाहरुलाई, यो विधेयक फिर्ता हुने होइन । ऐन जसरी पनि जारी हुनुपर्छ । छलफलमा जानुपर्छ । हाम्रो सहमति भएका कुराहरु त्यहाँ संशोधन गरिनुपर्छ । सभामुखलाई विधेयक जसरी पनि आउनुपर्छ, विधेयक आउने प्रक्रिया के हो त्यहीँ प्रक्रियामा हजुरले लगिदिनुपर्छ भन्ने हाम्रो अनुरोध हो । त्यही अनुरोधका साथ आज हामीले सहमति भएका बुँदाहरु हामीले हस्तान्तरण गर्‍यौँ । फिर्ता हुनु हुँदैन । ऐन जारी गर्न तपाईहरुको कुरालाई पूरा गर्ने मेरो मनस्थिति त्यही छ । म पूरा गर्ने कुरामा मेरो पूर्ण रुपमा पहल हुनेछ भन्नुभयो ।’

सभामुख घिमिरेले शिक्षकहरुको सरकारसँग भएको सहमति बमोजिम विधेयक पारित गर्न आफूले पहलकदमी लिने बताउनुभएको सहअध्यक्ष पराजुलीले जानकारी दिनुभयो ।




भर्खरै