९ श्रावण २०८३, शनिबार
,
Latest
त्रिशूली नदीमा खस्यो भ्यान सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीका पूर्व केन्द्रीय सदस्य गिरी एमालेमा प्रवेश



अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका पूर्वकेन्द्रीय सदस्य कुलानन्द गिरी नेकपा (एमाले)मा प्रवेश गर्नुभएको छ ।

शनिबार नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट जानुभई नेता गिरी एमाले प्रवेश गर्नुभएको हो । गिरीसँगै सानुमाया मगर पनि नेकपा (एमाले)मा प्रवेश गर्नुभएको छ ।

उहाँहरूलाई अध्यक्ष ओली र महासचिव शंकर पोखरेलले टीका र खादा लगाएर पार्टीमा स्वागत गर्नुभयो । चारदशकभन्दा बढी समय राजनीतिमा क्रियाशील रोल्पा निवासी गिरी माओवादी केन्द्रको हेटौडा महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित हुनुभएको थियो ।

लामो समय रोल्पामा शिक्षण पेशामा संलग्न गिरी अनेरास्ववियु, नेपाल राष्ट्रिय शिक्षक संगठन, नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनको केन्द्रीय अध्यक्षको जिम्मेवारीमा रहेर काम गर्नुका साथै साँस्कृतिक फाँटमा रहेर योगदान गर्नुभएका नेता गिरी रोल्पाको थवाङलाई माओवादीको प्रभावक्षेत्रका रूपमा स्थापित गराउने नेताहरूमध्ये हुनुहुन्छ ।