५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बाढी प्रभावितको पुनःस्थापनाबारे सञ्चारमन्त्री डा तिमिल्सिना र उत्तरगया गाउँपालिका अध्यक्षबीच छलफल News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो
अ+ अ-

काठमाडौँ । पूर्वसभामुख दमननाथ ढुंगानाले राजतन्त्र माओवादीले नभइ बिपीको विचारबाट फालिएको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले २०५२ सालदेखि यो २०८० सम्मको राष्ट्रिय समय खेर गएको बताउनु भयो । उहाँले बिपी संविधान मानेर जाने भए राजतन्त्र फाल्न आवश्यक नभएको कुरामा अडिग रहनुभएको बताउनु भयो । उहाँले संवैधानिक राजतन्त्र भएर अक्षरशः ब्रिटिश ढाँचामा राजतन्त्र राख्ने पक्षमा बिपी भएको बताउनु भयो । उहाँले राजतन्त्र फालेर पनि अहिलेसम्म राम्रो ग¥यौं भन्ने ठाउँ नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मेरो अनुभवले यो भन्छ की २०५२ सालदेखि यो २०८० सम्मको हाम्रो राष्ट्रिय समय जम्मै खेर गएको छ । राजा फाल्ने कुरा कुन ठूलो कुरा थियो ? त्यो संविधानले सक्दैन थियो । राजासँग हामी लडेका थिएनौँ ? बिपी कोईरालाको विचार हेर्नुस् त । उहाँले राजालाई संविधान सभा भित्र बस्छौ की बस्दैनौ ? भनेर समय समयमा अल्टिमेटम दिनुभएको थियो । बस्दैनौ भने राजतन्त्र जान्छ भन्नुभएको थियो । यो माओवादीले फालेको हो र ? बिपीको विचारले फालेको हो । बिपी फालिहाल्नेमा हुनुहुन्न थियो । संवैधानिक राजतन्त्र भएर अक्षरशः ब्रिटिश ढाँचामा राजारानीको ढाँचामा हाम्रो राजतन्त्र बस्छ भने हामी राख्छौँ । होइन भने फाल्छौँ भन्नुभएको थियो । त्यसकारण यो माओवादीले फालेको होइन । फालेर राम्रो ग¥यो त ? त्यो पो चाहियो छ ।’

कार्यक्रममा बोल्दै पूर्वमन्त्री एवं एमाले नेता अग्नि खरेलले संविधान संशोधनको मामिलालाई धेरै नकारात्मक रुपमा लिँदा २०४७ सालको संविधानको हालत जस्तै हुने बताउनु भयो । उहाँले २०५५ सालमा स्थानीय स्वायत्त शासन ऐनले अहिलेको संघीयताको भन्दा बढी स्थानीय तहमा अधिकार दिएको बताउनु भयो । उहाँले तर संविधानका कतिपय चिजमा संशोधन गर्न तयार नहुँदा संविधानमाथि नै प्रश्न उठेर परिवर्तन गर्नुपरेको बताउनु भयो । उहाँले संविधान संशोधन जरुरी रहेको र संघीयतालाई अझै पनि परीक्षण गर्न जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संविधान संशोधनको मामिलालाई हामीले ज्यादा नेगेटिभ्ली लियौँ भने यो संविधानको हालत पनि २०४७ सालको संविधानको हालत जस्तै हुन्छ । ०४७ सालको संविधान संशोधन गर्न प्रश्न उठेका थिए नि त । त्यो गरेको भए हुन्थ्यो नि त । त्यो परिमार्जन हुँदै गएको भए त कतिपय अधिकार त्यसमा थिए नि त । २०५५ सालमा स्थानीय स्वायत्त शासन ऐन बनेको थियो नि त । त्यो स्वायत्त शासनलाई ठिक ढंगले लागू गरेको थियो भने संघीयताको प्रश्न उठ्दैन थियो भन्ने मानिस पनि छन् । श्वेत शासन ऐनले सोझै स्थानीय तहमा अधिकार दिएको थियो, अहिलेको भन्दा बढी थियो । तर ती चिजहरुमा संविधानका कतिपय चिजमा संशोधन गर्न तयार नहुँदा संविधानको नीतिमाथि प्रश्न उठ्यो । त्यसकारण संविधान संशोधन जरुरी छ । परिमार्जन जरुरी छ । संघीयतालाई अझै पनि परीक्षण गर्न जरुरी छ । जनताको बीचमा जान जरुरी छ ।’

कार्यक्रममा माओवादी नेता एवं पूर्वराष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले अहिलेको संविधान टिकाउनुपर्ने बताउनु भयो । उहाँले अहिलेको संविधानलाई आवश्यक स्थानमा परिमार्जन र संशोधन गर्नुपर्ने बताउनु भयो । उहाँले संशोधन र परिमार्जनका लागि कुनै आयोग गठन हुनुपर्ने बताउनु भयो । निर्वाचन प्रणाली संशोधन हुनुपर्नेमा आफू सहमत रहेपनि गणतन्त्र, धर्म निरपेक्ष, संघीयता र अन्य फण्डामेण्टल कुरा कुरामा संशोधन गर्न नसकिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालको संविधान नै २००४ सालदेखि अहिलेसम्म ७ वटा भइसक्यो । एउटा पनि संविधान नटिकाउने ? त्यसकारण यो संविधान टिकाउनु पर्छ । यसलाई परिमार्जित गर्नुपर्छ । संशोधन गर्नुपर्छ । यसको निम्ति कुनै आयोग गठन गर्न सकिन्छ । निर्वाचन प्रणाली संशोधन हुनसक्छ, गणतन्त्रको बारेमा, धर्म निरपेक्षको बारेमा, संघीयताको बारेमा अथवा फण्डामेण्टल कुराको बारेमा संशोधन हुँदैन । अहिले गर्न सकिँदैन । राष्ट्रपति खराब भयो, पहिलाकै राजा ठिक थियो भन्छन् । राष्ट्रपतिका काममा पनि हामीले बिरोध गर्न पायौँ, अहिले पार्टीतिर छन् ।’

उहाँले माओवादीले त्यसै जनयुद्ध ग¥यो भन्ने कुरा उठेको भन्दै माओवादीसँग सम्झौता भएको माया गरेर नभएको बताउनु भयो । उहाँले त्यसबेलामा रहेका सात दलले पनि माओवादीलाई जित्न नसक्दा र राजाले पनि जित्न नसकेको र माओवादीले पनि राजालाई जित्न नसक्दा सम्झौता भएको बताउनु भयो ।