२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षकहरुको माग तुरुन्त सम्बोधन गरौँ– शेखर कोइराला



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले शिक्षकहरुले राखेका मागहरु तुरुन्त सम्बोधन गर्न सरकारसमक्ष आग्रह गर्नुभएको छ ।

सामाजिक सञ्जालमार्फत उहाँले भन्नुभएको छ, “शिक्षकहरुका मागहरु केही व्यावहारिक, कानूनी र संवैधानिक छन् । दक्ष जनशक्ति उत्पादनमा तल्लो कक्षाबाटै राम्रो शिक्षा दिनुपर्छ । व्यावहारिक कारणले त्यसो हुन सकेको देखिन्न । यस्ता मागहरु तुरुन्त सम्बोधन गरौँ।”

उहाँले कानूनीरुपमा शिक्षा क्षेत्र सबल गराउन शिक्षकहरुको भूमिकाको उच्च मूल्यांकन गर्दै विधेयकमा आवश्यक प्रावधान समेट्न र आन्दोलन आजै सहमतिमा टुंग्याउन अनुरोध गर्नुभएको छ। “संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि अग्रमोर्चामा रहनुभएका शिक्षकहरु आज विद्यालय बन्द गरेर आफ्नो अधिकारका लागि सडकमा आउन बाध्य हुनु दुर्भाग्य हो”, उहाँले भन्नुभएको छ, “यस्ता संवेदनशील विषयमा सरकार जिम्मेवार बनोस् र तुरुन्त समस्या समाधान गरोस् ।”




भर्खरै