२२ श्रावण २०८३, शुक्रबार
,
Latest
कृषि उपज जोगाउन ‘वन्यजन्तु हेरालु’लाई व्यवसायिक बनाउन सांसद खड्काको माग विकास निर्माणमा समन्वयको अभाव र प्रशासनिक बेथितिप्रति सांसदहरूको आपत्ति कांग्रेस आधिकारिकता विवाद: पुनरावलोकनबाट न्याय पाउने डा. कोइरालाको विश्वास साउन २९ देखि काँग्रेस संस्थापन इतरको राष्ट्रिय भेला हुने, देउवाले सम्बोधन गर्ने साउन महिनाबाटै ठेक्का प्रक्रिया शुरु, विद्युत मिटरको अभाव क्रमिक रूपमा समाधान हुँदैछः मन्त्री श्रेष्ठ शम्भूजीत,रुपक र किरणको सयुक्त प्रस्तुति ‘यो जन्ममा’ सार्वजनिक इन्टर्न चिकित्सक डिल्ली हरिजनको माग तत्काल सम्बोधन गर्न खुश्बु ओलीको आग्रह प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन एमाले प्रमुख सचेतक दुलालको माग आगामी निर्वाचनमा कम्तीमा १०० महिलालाई नेतृत्वमा ल्याउने सभापति थापाको उद्घोष वर्तमान सरकारमा शासकीय अराजकता हाबी भयोः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्यस्थलमै चिकित्सकमाथिको आक्रमण निन्दनीय– विवेकशील साझा पार्टी



फाईल फोटो
अ+ अ-

काठमाडौँ । विवेकशील साझा पार्टीले कार्यस्थलमै चिकित्सकमाथिको आक्रमण निन्दनीय भन्दै चिकित्सकको सुरक्षाको ग्यारेण्टी र दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरेको छ ।

गत बुधबार हेटौँडास्थित एक अस्पतालमा डा विकास थापा र प्रशान्त बिडारीमाथि अस्पताल हातामै कुटपिट भएको घटनाप्रति विवेकशील साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ भन्दै वार्तामार्फत तत्काल समस्याको समाधान गर्न आन्दोलनरत चिकित्सकहरु र नेपाल सरकारसँग अपील गरेको छ ।

पार्टी प्रवक्ता आशुतोष प्रधानले एक विज्ञप्ति जारी गर्दै मानवीय सेवा क्षेत्र मानिने अस्पताल भित्रै अहोरात्र खटिने चिकित्सकहरुमाथि पटक पटक आक्रमण हुनु र यसको शिलशीला निरन्तर बढोत्तरी हुनु बिडम्बना र चिन्ताको विषय भएको जनाएको छ ।

“निरन्तर हुने यस्ता घटना परिघटनाले रात दिन खटेर काम गर्ने चिकित्सकहरुको मनोवल कमजोर हुने फलस्वरुपस् विरामीहरुले प्रभावकारी उपचार पाउन कठिन हुने एवं दक्ष जनशक्ति विदेशीन वाध्य पार्न आगोमा घ्यु थपेझैँ भएको विवेकशील साझाको ठम्याइ रहेको छ” विज्ञप्तिमा भनिएको छ ।

यसैवीच मकवानपुर चिकित्सक कुटपिट प्रकरण विरुद्ध आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा बन्द गर्ने चिकित्सकहरुको आन्दोलनप्रति पनि पार्टीको गम्भीर ध्यानाकर्षण भएको भन्दै विज्ञप्तिमा स्वास्थ्य क्षेत्र जस्तो अति संवेदनशील सेवा बन्द गरेर चिकित्सकहरुनै आन्दोलनमा उत्रिँदा सर्वसाधारणको उपचार पाउने हक वञ्चित हुने र जनस्वास्थ्यमा गम्भिर असर पर्नेप्रति चिन्ता व्यक्त गरिएको छ ।




भर्खरै