९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध

नाडा अटो शो २०२३ को पाँचौं दिनसम्म आधा लाखले गरे अवलोकन

नाडा अटो शो २०२३ को पाँचौं दिनसम्म आधा लाखले गरे अवलोकन
अ अ+ अ-

काठमाडौँ । मंगलवारदेखि काठमाडौंमा नाडा अटो शो २०२३ को पाँचौं दिन अवलोकनकर्ताको भीडले थप रौनक देखिएको छ ।

आर्थिक शिथिलताका बाबजुद आयोजित अटो शोमा सवारी खरिदकर्ता, अवलोकनकर्ताहरूको भीडभाड उत्साहप्रद रूपमा बढेको छ । अटो शोको पाँचांै दिन आज शनिवार सम्ममा ५० हजार हजार भन्दा बढी अवलोकनकर्ताले प्रदर्शनीको अवलोकन गरिसकेको नाडा अटो शोका संयोजक अनुप बरालले बताउनु भयो । उहाँले तीनवर्ष पछि अटो शो भएपनि अवलोकन र खरिद कर्ताहरुको उपस्थिति उत्साहजनक रहेको बताउनु भयो ।

उहाँले सवारी साधनहरुमा पनि पछिल्लो समय विद्युतीय गाडीमा मानिसहरुको आकर्षण देखिएको बताउनु भयो । उहाँले विशेष गरी नयाँ र पुराना विद्युतीय सवारी साधनहरुमा मानिसहरुको बढी माग र आकर्षण साथै कारोबार पनि राम्रो रहेको दाबी गर्नुभयो । उहाँले विद्युतीय सवारी साधनमा देखिएको मानिसहरुको भिडले विद्युतीय सवारी साधनमा विश्वास बढेको देखिएको उल्लेख गर्नुभयो । संयोजक बरालले अटो शोमा दुई र चारपाङग्रे सवारी साधनहरुको बुकिङ र भएको चहलपहलले अर्थतन्त्रमा सकारात्मक सन्देश दिने बताउनु भयो ।

उहाँले अटो शोमा सवारी खरिदकर्ता, अवलोकनकर्ताहरूको आकर्षण हेर्दा अटो मोबाइल क्षेत्रलाई चलायमान बनाउने देखिएको उल्लेख गर्नुभयो । उहाँले दुई दिनमा २० हजारसम्म अवलोकनकर्ता आएमा ७० हजार अवलोकन गराउने उद्देश्य पूरा हुने भन्दै कारोबार पनि अपेक्षा अनुसार हुने विश्वास रहेको बताउनु भयो । उहाँले अटो शोले अर्थतन्त्र र अटो मोबाइल क्षेत्रलाई चलायमान बनाउने काम गरेको बताउनु भयो ।

सिट्रोन गाडीका लागि आधिकारिक बिक्रेता सांग्रिला मोटर्सका निर्देशक हेमन्त गोल्छाले तीन वर्षपछि अटो शो भएकाले अवलोकन कर्ताहरुको भीडभाड धेरै रहेको बताउनु भयो । उहाँले अटो शोमा सबै ब्राण्डका गाडीहरु एकै ठाउँमा हेर्न पाउने भएकाले पनि मानिसहरुको भीड लाग्ने गरेको बताउनु भयो। उहाँले सवारी साधन खरिद गर्ने र बेच्ने दुवैको लागि अटो शो राम्रो प्लेटर्फम भएको बताउनु भयो । निर्देशक गोल्छाले पछिल्लो समय अर्थतन्त्रमा मन्दीको अवस्था भएकाले बिक्रि राम्रो भएपनि विद्युतीय सवारी साधनमा आकर्षण देखिएको बताउनु भयो । उहाँले विद्युतीय सवारी साधनमा आकर्षण देखिएकाले माग र बुकिङ राम्रो रहेको उल्लेख गर्नुभयो ।

त्यस्तै बीवाईडीका लागि नेपालको आधिकारिक बिक्रेता साइमेक्स इङ्कका मार्केटिङ प्रमुख आशुतोष गौतमले विद्युतीय गाडीको माग राम्रो रहेको बताउनु भयो । उहाँले बीवाईडी विद्युतीय सवारी साधन उत्पादन कम्पनी भएकाले पनि प्रदर्शनीमा राखिएको न्यून बीवाईडी सेल र डल्फिनको माग उच्च रुपमा आएको बताउनु भयो । उहाँले बीवाईडी कम्पनीको विद्युतीय गाडी अटो शो भन्दा अगाडि ५०० बुकिङ भएकोमा अटो शो शुरु भएपश्चात पाँच दिनमा ३०० बढी बुकिङ भएको बताउनु भयो।

त्यस्तै ,अटो शो अवलोकनकर्ता डा.भोजराज घिमिरेले अटो प्रदर्शनीमा भिडभाड भए रहेको तर स्टल राख्ने कम्पनीहरुले अनुभवी र कम्पनीको गाडीको विशेषताको विषयमा ज्ञान नभएको पाएको बताउनु भयो । उहाँले अनुभवी एक दुई जना भएपनि ग्राहकहरुलाई डिल गर्न व्यस्त रहने देखिएकाले राम्रो ब्राण्डको कम्पनीको फिचर्सको विषयमा सही जानकारी लिन समस्या रहेको बताउनु भयो । उहाँले सवारी साधन हेर्न आउने ग्राहकलाई गाडीको विशेषता भन्ने भन्दा पनि नम्बर टिप्नेमा बढी प्राथमिकता दिएको पाएको बताउनु भयो । उहाँले नेपालको अर्थतन्त्रमा समस्या भएपनि मानिसहरुको व्यवहारमा परिर्वतन भएको भन्दै दुई पाङ्ग्रे बाट चार पाङ्ग्रे परिवर्तन गर्ने अवस्थामा रहेको बताउनु भयो । पेट्रोलको मूल्य उच्च हुँदै गएकाले पछिल्लो समय मानिसहरुले विद्युतीय सवारी साधनलाई प्राथमिकता दिएको देखिएको छ ।

अटो शोसँगै अटो लोन (फाइनान्सिङ) का लागि समेत बैंक तथा वित्तीय संस्थामा माग बढेको बैंकहरुले बताएका छन् । बैंकहरुले अवलोकनकर्ता ग्राहकहरूको रुचि पेट्रोलियम गाडीमा भन्दा बढी ईभी (विद्युतीय) गाडीमा देखिएकाले अटो लोन पनि विद्युतीय सवारी साधनका लागि बढी आइरहेको छ । नाडा अटो शो भदौ ३१ गतेसम्म जारी रहनेछ ।