५ आश्विन २०८१, शनिबार
,
Latest
कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ भारतको मणिपुरमा म्यानमाबाट नौ सय सन्दिग्ध व्यक्तिहरु प्रवेश गरेको सुचना, सीमाक्षेत्रमा उच्च सतर्कता सरकारले हरित जलवायु कोषजस्ता संयन्त्रहरूमार्फत जलवायु वित्तमा पहुँच बिस्तार गर्छः अर्थमन्त्री पौडेल सदन अवरोध गर्न छोड्दैनौँः अध्यक्ष दाहाल ढाका, ब्याङकक, जेनेभा र ब्रासिलियामा मनाइयो संविधान दिवस मुक्तिनाथमा दर्शनार्थीको घुइँचो तिलिचो ताल पुग्न नयाँ पदमार्ग ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ संवैधानिक निकायका प्रमुखहरु प्रत्यक्ष निर्वाचित भएर आउने व्यवस्था गरौँः सिके राउत
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाडा अटो शो २०२३ को पाँचौं दिनसम्म आधा लाखले गरे अवलोकन



अ+ अ-

काठमाडौँ । मंगलवारदेखि काठमाडौंमा नाडा अटो शो २०२३ को पाँचौं दिन अवलोकनकर्ताको भीडले थप रौनक देखिएको छ ।

आर्थिक शिथिलताका बाबजुद आयोजित अटो शोमा सवारी खरिदकर्ता, अवलोकनकर्ताहरूको भीडभाड उत्साहप्रद रूपमा बढेको छ । अटो शोको पाँचांै दिन आज शनिवार सम्ममा ५० हजार हजार भन्दा बढी अवलोकनकर्ताले प्रदर्शनीको अवलोकन गरिसकेको नाडा अटो शोका संयोजक अनुप बरालले बताउनु भयो । उहाँले तीनवर्ष पछि अटो शो भएपनि अवलोकन र खरिद कर्ताहरुको उपस्थिति उत्साहजनक रहेको बताउनु भयो ।

उहाँले सवारी साधनहरुमा पनि पछिल्लो समय विद्युतीय गाडीमा मानिसहरुको आकर्षण देखिएको बताउनु भयो । उहाँले विशेष गरी नयाँ र पुराना विद्युतीय सवारी साधनहरुमा मानिसहरुको बढी माग र आकर्षण साथै कारोबार पनि राम्रो रहेको दाबी गर्नुभयो । उहाँले विद्युतीय सवारी साधनमा देखिएको मानिसहरुको भिडले विद्युतीय सवारी साधनमा विश्वास बढेको देखिएको उल्लेख गर्नुभयो । संयोजक बरालले अटो शोमा दुई र चारपाङग्रे सवारी साधनहरुको बुकिङ र भएको चहलपहलले अर्थतन्त्रमा सकारात्मक सन्देश दिने बताउनु भयो ।

उहाँले अटो शोमा सवारी खरिदकर्ता, अवलोकनकर्ताहरूको आकर्षण हेर्दा अटो मोबाइल क्षेत्रलाई चलायमान बनाउने देखिएको उल्लेख गर्नुभयो । उहाँले दुई दिनमा २० हजारसम्म अवलोकनकर्ता आएमा ७० हजार अवलोकन गराउने उद्देश्य पूरा हुने भन्दै कारोबार पनि अपेक्षा अनुसार हुने विश्वास रहेको बताउनु भयो । उहाँले अटो शोले अर्थतन्त्र र अटो मोबाइल क्षेत्रलाई चलायमान बनाउने काम गरेको बताउनु भयो ।

सिट्रोन गाडीका लागि आधिकारिक बिक्रेता सांग्रिला मोटर्सका निर्देशक हेमन्त गोल्छाले तीन वर्षपछि अटो शो भएकाले अवलोकन कर्ताहरुको भीडभाड धेरै रहेको बताउनु भयो । उहाँले अटो शोमा सबै ब्राण्डका गाडीहरु एकै ठाउँमा हेर्न पाउने भएकाले पनि मानिसहरुको भीड लाग्ने गरेको बताउनु भयो। उहाँले सवारी साधन खरिद गर्ने र बेच्ने दुवैको लागि अटो शो राम्रो प्लेटर्फम भएको बताउनु भयो । निर्देशक गोल्छाले पछिल्लो समय अर्थतन्त्रमा मन्दीको अवस्था भएकाले बिक्रि राम्रो भएपनि विद्युतीय सवारी साधनमा आकर्षण देखिएको बताउनु भयो । उहाँले विद्युतीय सवारी साधनमा आकर्षण देखिएकाले माग र बुकिङ राम्रो रहेको उल्लेख गर्नुभयो ।

त्यस्तै बीवाईडीका लागि नेपालको आधिकारिक बिक्रेता साइमेक्स इङ्कका मार्केटिङ प्रमुख आशुतोष गौतमले विद्युतीय गाडीको माग राम्रो रहेको बताउनु भयो । उहाँले बीवाईडी विद्युतीय सवारी साधन उत्पादन कम्पनी भएकाले पनि प्रदर्शनीमा राखिएको न्यून बीवाईडी सेल र डल्फिनको माग उच्च रुपमा आएको बताउनु भयो । उहाँले बीवाईडी कम्पनीको विद्युतीय गाडी अटो शो भन्दा अगाडि ५०० बुकिङ भएकोमा अटो शो शुरु भएपश्चात पाँच दिनमा ३०० बढी बुकिङ भएको बताउनु भयो।

त्यस्तै ,अटो शो अवलोकनकर्ता डा.भोजराज घिमिरेले अटो प्रदर्शनीमा भिडभाड भए रहेको तर स्टल राख्ने कम्पनीहरुले अनुभवी र कम्पनीको गाडीको विशेषताको विषयमा ज्ञान नभएको पाएको बताउनु भयो । उहाँले अनुभवी एक दुई जना भएपनि ग्राहकहरुलाई डिल गर्न व्यस्त रहने देखिएकाले राम्रो ब्राण्डको कम्पनीको फिचर्सको विषयमा सही जानकारी लिन समस्या रहेको बताउनु भयो । उहाँले सवारी साधन हेर्न आउने ग्राहकलाई गाडीको विशेषता भन्ने भन्दा पनि नम्बर टिप्नेमा बढी प्राथमिकता दिएको पाएको बताउनु भयो । उहाँले नेपालको अर्थतन्त्रमा समस्या भएपनि मानिसहरुको व्यवहारमा परिर्वतन भएको भन्दै दुई पाङ्ग्रे बाट चार पाङ्ग्रे परिवर्तन गर्ने अवस्थामा रहेको बताउनु भयो । पेट्रोलको मूल्य उच्च हुँदै गएकाले पछिल्लो समय मानिसहरुले विद्युतीय सवारी साधनलाई प्राथमिकता दिएको देखिएको छ ।

अटो शोसँगै अटो लोन (फाइनान्सिङ) का लागि समेत बैंक तथा वित्तीय संस्थामा माग बढेको बैंकहरुले बताएका छन् । बैंकहरुले अवलोकनकर्ता ग्राहकहरूको रुचि पेट्रोलियम गाडीमा भन्दा बढी ईभी (विद्युतीय) गाडीमा देखिएकाले अटो लोन पनि विद्युतीय सवारी साधनका लागि बढी आइरहेको छ । नाडा अटो शो भदौ ३१ गतेसम्म जारी रहनेछ ।