१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की News Polar अझै निकाल्न नसकिएको राइनो क्रुज News Polar विधि र विधानभन्दा बाहिर जाने छुट कसैलाई छैनः भण्डारी News Polar बाढी प्रभावित बालबालिका लक्षित दीर्घकालीन स्याहार योजना सञ्चानलमा News Polar मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद चर्किँदा तोडफोड र कुटपिट News Polar यसै वर्ष २ सय नयाँ टावर र १ हजार ५ सय ९७ स्थानमा फोरजी विस्तार गरिने News Polar भोटेकोशी बाढीः ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान News Polar नेप्से परिसूचक ४ दशमलव ८२ अङ्कले घट्यो News Polar प्राविधिक सांसदलाई प्रधानमन्त्री शाहको आग्रह : ‘ज्ञान, सीप प्रयोग गर्नुहोस्’ News Polar अध्यक्ष ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर पार्टी एकताका साथ अघि बढौँ News Polar दोधारा–चाँदनी झोलुङ्गे पुलः प्राविधिक टोलीद्वारा अध्ययन सुरु

किरियापुत्री भवनलाई काँसको कसौडी , थालकचौरा र डाडुपन्यु …….

किरियापुत्री भवनलाई काँसको  कसौडी , थालकचौरा र डाडुपन्यु …….
अ अ+ अ-

काठमाण्डौ । नेपाल सरकारका पुर्व महान्यायधिवक्ता सुर्य कोइराला र उनको परिवारले कोटदेवी—मनोहरा—विद्यानगर (नरेफाँट) मा रहेको किरीयापुत्री भवनको लागि आवश्यक पर्ने एकसरो सामान प्रदान गरेका छन् ।

कोइरालाको उपस्थितिमा उनकी धमपत्नि सीता बाँस्तोला कोइरालाले सो एकसरो सामान किरीयापुत्री भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष नवराज केसीलाई हस्तान्तरण गरीन् ।
किरीयापुत्री भवनलाई उपलव्ध गराएको सामानहरुमा एक/एक थान काँसको कसौँडी, थाल, कचौरा, डाडु, पन्यू, गिलासको साथै एक/एकथान ग्याँससहितको सिलिण्डर र दुईमुखे ग्याँस चुल्हो, किरीयापुत्रीले ओड्ने कम्वल, ओच्छ्याउने काम्लो र म्याट समावेश छ । सो भवनमा किरीया बस्ने किरीयापुत्रीलाई १३ दिनको लागि ती सामान प्रयोग गर्न दिइनेछ ।

काठमाण्डौ महानगरपालिका वडा नं ३२ नरेफाँटस्थित मनोहरा र हनुमन्ते खोला दोभानसंगैको करीव दुई रोपनी पर्ति जग्गामा बागमती प्रदेश, काठमाण्डौ महानगरपालिका तथा कोटदेवी विद्यानगर टोल सुधार समिति र स्थानीय चन्दादाताहरुबाट संकलन गरिएको करीव १ करोड रुपैयाँको लागतमा २ तल्ले सो किरीयापुत्री भवन बनाइएको अध्यक्ष केसीले बताएका छन् ।

भूँई तल्ला र पहिलो तल्लामा गरि अलग अलग ७ वटा परिवारका किरीयापुत्री बस्न मिल्ने गरि निर्माण गरिएको सो भवन प्रयोगमा आइसकेको छ ।