२१ श्रावण २०८३, बिहीबार
,
Latest
ग्वार्को फ्लाइओभरमा बस दुर्घटना : एक महिलाको मृत्यु, ६ जना घाइते एसडीजीका धेरै स्वास्थ्य सूचकमा नेपाल ‘ग्रीन जोन’ उन्मुख, मातृ मृत्यु र उपचार खर्च अझै ‘रेड… नेपाल टेलिकमको घोषणा : पौष मसान्तसम्म बक्यौता तिर्दा जरिवाना माफी पेरिसमा अधिकारीका एकल काव्य साँझ सुनको मोल तोलामा ८ हजारले वृद्धि उपभोक्ता संरक्षण ऐन र चिकित्सा क्षेत्रमा देखिएको चुनौती जमल डुबानको मुख्य कारण निकास संरचनाको कमजोर क्षमता, दीर्घकालीन समाधानका लागि नयाँ ढल प्रणाली आवश्यक नेपाल टेलिकमका ब्रान्ड एम्बेसडर बने क्रिकेटर कुशल भुर्तेल एआईसँग नडराउन र प्रविधिमैत्री बन्न लेखापरीक्षकहरूलाई एक्यान अध्यक्ष नेपालको आग्रह झापा अदालतमा सम्बन्धविच्छेदका अधिकांश मुद्दा मिलापत्रमार्फत टुङ्गिए
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘एक भगवत् र एक गीता’ले पायो प्रदर्शन अनुमति, सबै वर्गका दर्शकले हेर्न पाउने



अ+ अ-

काठमाडौं । झरना थापाद्वारा निर्देशित चलचित्र ‘एक भगवत् र एक गीता (सामाजिक कथा)’ले प्रदर्शन अनुमति पाएको छ ।

लामो धार्मिक विवादपछि केन्द्रीय चलचित्र जाँच समितिले चलचित्रलाई सबै वर्गका दर्शकले हेर्न पाउने गरी ‘युनिभर्सल’ प्रमाणपत्र दिएको हो ।

चलचित्रको नामलाई लिएर हिन्दु धार्मिक संस्थाले विरोध जनाएपछि चलचित्रको सेन्सर प्रक्रिया रोकिएको थियो । आइतबार बोर्डमा धार्मिक संस्थाहरु र निर्माण टीमबीचको छलफलमा फिल्मको नाम परिवर्तन गर्ने भएपछि सहमती जुटेको थियो ।

छलफलले फिल्मको पूरानो नाम परिवर्तन गरी ‘एक भगवत र एक गीता(सामाजिक कथा)’ नाममा सहमति जुटाएसँगै बोर्डले सेन्सर सिफारिस प्रदान गरेको हो ।

भदौ २९ बाट रिलिजको तयारीमा रहेको चलचित्रमा विपिन कार्की, सुहाना थापा र धीरज मगर शीर्ष भूमिकामा छन् ।