२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

औषधि व्यवसायी सङ्घको अध्यक्षमा खण्डेवाल निर्वाचित



अ+ अ-

वीरगञ्ज । नेपाल औषधि व्यवसायी सङ्घको अध्यक्षमा प्रकाशकुमार खण्डेवाल निर्वाचित हुनुभएको छ ।

सङ्घको नयाँ नेतृत्वका लागि वीरगञ्जमा भएको निर्वाचनमा आफ्ना प्रतिद्वन्द्वीलाई १७ मतान्तरले पराजित गर्दै अध्यक्षमा खण्डेवाल निर्वाचित हुनुभएको हो । निर्वाचनको मतपरिणामअनुसार खण्डेवालले एक सय चार मत प्राप्त गर्दा उहाँका प्रतिद्वन्द्वी लोकहरि श्रेष्ठले ८७ मत प्राप्त गर्नुभयो ।

यस्तै सङ्घको उपाध्यक्षमा रामप्रसाद खरेल, आयाततर्फको उपाध्यक्षमा रामचन्द्र शर्मा, सङ्घको थोकतर्फको उपाध्यक्षमा टङ्कप्रसाद अधिकारी र खुद्रातर्फको उपाध्यक्षमा यामनाथ पौडेल निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

सङ्घको महासचिवमा श्रीधर खनाल, कोषाध्यक्षमा सम्राटमान जोशी, सचिवमा कृष्णबहादुर रोकाय निर्वाचित हुनुभएको छ । सङ्घको सदस्यमा बद्री खनाल, भुवनेश्वर बुढामगर, गेहेन्द्रप्रसाद मिश्र, कञ्चन शर्मा खतिवडा, सरलाकुमारी बिष्ट, मुकुन्दकृष्ण श्रेष्ठ र अविनाशकुमार पाण्डे निर्वाचित हुनुभएको छ । सङ्घको १४औँ अधिवेशनको गत शुक्रबार एक कार्यक्रमका बीच उपराष्ट्रपति रामसहायप्रसाद यादवले उद्घाटन गर्नुभएको थियो । रासस