४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

मध्यरातमा झरनाको स्टाटसः चलचित्र चल्न नदिने अवस्थाले मर्नु न बाँच्नु भइरहेछ

मध्यरातमा झरनाको स्टाटसः चलचित्र चल्न नदिने अवस्थाले मर्नु न बाँच्नु भइरहेछ
अ+ अ-

काठमाडौँ । चलचित्र ‘एक भगवत् गीता’लाई चलचित्र विकास बोर्डले सेन्सर अनुमति नदिएपछि विवाद बढ्दो छ । धार्मिक संगठनहरूले फिल्मको नाम फेर्न दबाब दिएपछि विकास बोर्डले सेन्सर अनुमति दिन रोक लगायो ।

यसैबीच फिल्मकी निर्देशक झरना थापाले मध्यरातमा फसबुकमा एक पोस्ट गरेकी छन् । पोस्टमा उनले आफू फिल्ममा अनावश्यक हस्तक्षेपले निम्त्याएको अवस्थाले आफू निदाउन नसकिएको उल्लेख गरेकी छन् ।

स्वयम् श्रीकृष्णको भक्त भएकाले चलचित्रले धार्मिक संहिष्णुतामा खलल नगरेको उनले प्रष्ट पारेकी छन् ।

‘मैले मेरो जीवनको तीन दशक अनवरत रुपमा चलचित्र क्षेत्रमा दिएँ, प्रिय दर्शक हजुरहरुको मायाले म पर्दामा छाइरहेँ, मैले पनि दिनरात , झरीबादल , घर परिवार नभनी हजुरहरुलाई मनोरञ्जन दिन अथक काम गरिरहेँ, सम्पूर्ण नेपाली दर्शकहरुको माया र साथको कारणले म अभिनय हुँदै निर्देशनमा आइपुगेको छु, म जहाँ छु , जे छु , जस्तो छु , म नेपाली जन र नेपाली मनको आशिर्वादले छु , यहि प्रेरणाले म मेरो अन्तिम साससम्म चलचित्रमै काम गर्छु भनेर हिँडीरहेकी छु , मेरो जिन्दगी भनेकै चलचित्र कर्म र दर्शक हरुको खुसि हो , त्यसबाहेक केहि छैन ।’ उनले भनेकी छन् ।

आफ्नो जीवन नै भगवान श्रीकृष्णको आस्थामा चलेको र श्रीमद्भागवत गीता आफैँमा चलचित्र कर्मको प्रेरणा रहेको बताउँदै धार्मिक आस्था र सहिष्णुतामा आफू सचेत रहेको उनले प्रस्ट्याएकी छन् । साथै, आफूले कथा चयन गर्दा सबै कुराको अध्ययन गरेको समेत बताएकी छन् ।