४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

सारुकलाई न्याउ देउ भन्दै कलाकारहरुद्वारा प्रदर्शन

सारुकलाई न्याउ देउ भन्दै कलाकारहरुद्वारा प्रदर्शन
अ+ अ-

दिवंगत कलाकार सारुक ताम्राकारलाई न्याय देउ भन्दै कलाकारहरुले प्रदर्शन गरेका छन् । शुक्रबार ज्ञानेश्वरमा गरिएको प्रदर्शनमा आमाले छोराका लागि न्याय मागिरहेकी छन् भन्ने कलाकार ताम्राकारको फोटोसहितको नारा लिएर कलाकारहरुले प्रदर्शन गरेका हुन् ।

यसअघि दिवंगत चलचित्रकर्मी सानु ताम्राकारकी श्रीमती रुकमणी ताम्राकारले आफ्नो छोरा सारुक ताम्राकारको आत्महत्या प्रकरणमा प्रहरीको छानबिनबारे प्रश्न गर्नुभएको थियो ।

उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो छोरा कलाकार सारुकलाई गुमाउनुका साथै त्यसको ५२ दिनमा श्रीमान्समेत गुमाउँदा आफूमाथि ठूलो बज्रपात परेको भन्दै यतिका दिनसम्म प्रहरी प्रशासनबाट छानबिन कहाँसम्म पुग्यो भनी प्रश्न गर्नुभएको थियो ।

उहाँले छानबिनबारे प्रहरी प्रशासनबाट खबर नआउँदा छोराको अन्तिम सुटिङको बेला के भएको थियो र छोराले के कारणले आत्महत्याजस्तो कदम चाल्यो भन्नेबारे राम्रोसँग छानबिन गर्न र प्रहरीलाई फोनको विस्तृत विवरण प्रष्टरुपमा अगाडि ल्याउन अनुरोध गर्नुभएको थियो ।

त्यसैगरी सारुकले अभिनय गरिरहेको पछिल्लो चलचित्र ‘ह्यासट्याग माया’ का निर्माता राजीव गुरुङले पनि उक्त चलचित्र निर्माणका क्रममा केही कलाकारबाट आफूले निकै दु:ख पाएको भन्दै लगानी र मिहिनेत सारुकको जीवनको अघि केही नभएकाले उनले न्याय पाउनुपर्ने बताउनुभएको थियो ।

उहाँले भन्नुभएको थियो, “सारुक भाइको आमाले उनको मनमा उब्जिएको प्रश्नको जवाफ पाउन पर्छ। अनुसन्धान गरिरहेको प्रहरीको अनुसन्धानले के भन्छ त्यो पनि सार्वजनिक हुन पर्छ।”

अभिनेता सारुक ताम्राकार आफ्नै घरमा मृत फेला परेका थिए । उनलाई असार २१ गते राति काठमाडौँ रातोपुलस्थित आफ्नै निवासमा भर्‍याङको रेलिङमा प्लास्टिकको पाइपको पासो लगाई झुन्डिएको अवस्थामा मृत भेटिएको थियो ।

पछिल्लो समय उनी ‘ह्यासट्याग माया’ चलचित्रको छायाङ्कनमा व्यस्त थिए । पुत्रवियोगमा विक्षिप्त भई मिर्गौलामा समस्याबाट पीडित सानु ताम्राकारको पनि यही भदौ ९ गते निधन भएको थियो ।