४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

पाठेघरको मुखको क्यान्सर भएका प्रत्येक तीन जनामध्ये दुईको मृत्यु

डेमोस्ट्रेसनका रुपमा ९ हजार आठ सय जना किशोरीलाई एचपिभि खोप लगाइने

पाठेघरको मुखको क्यान्सर भएका प्रत्येक तीन जनामध्ये दुईको मृत्यु
अ+ अ-

आगामी भदौ २७ गतेदेखि १४ वर्ष उमेर पूरा भएका र १५ वर्ष ननाघेका किशोरीलाई लक्षित गर्दै पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप लगाइने भएको छ ।

स्वास्थ्य सेवा विभागले पाठेघरको मुखको क्यान्सर रोगको रोकथाम गर्न यो रोग बिरुद्धको २० हजार मात्रा एच.पि.भि. खोप लगाउन लागेको जानकारी दिएको हो । विभाग अन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.अभियान गौतमले हाल उपलब्ध भएको एचपिभि खोप ६ महिनाको अन्तरालमा २ मात्रा लगाउनुपर्ने बताउनु भयो । उहाँले एच.पि.भि. खोप दुई मात्रा पूरा गरेमा लक्षित गरेको प्रजातिबाट हुने संक्रमणबाट ९५ प्रतिशतसम्म सुरक्षा प्रदान गरिने बताउनु भयो । यो खोप यौन सम्पर्क हुने उमेर भन्दा पहिले नै दिएमा बढी प्रभावकारी हुने विभिन्न अध्ययनले देखाएको छ । पहिलो मात्रा खोप लगाउँदा उमेर खुल्ने आधिकारिक प्रमाण, दोस्रो मात्राको हकमा पहिलो मात्रा लगाएको खोप कार्ड आवश्यक पर्ने बताउनु भयो ।

साधारणतया एच.पि.भि खोप लगाएपछि खोप लगाएको ठाउँमा दुख्ने वा सुन्निने, टाउको दुख्ने, वाकवाकी लाग्ने, थकान महसुस हुने,रिगंटा लाग्ने, ज्वरो आउने, एलर्जी रियाक्शन हुने भएपनि यी असरहरु सामान्य मात्रै भएको बताउनु भयो । निकट भविष्यमा १० देखि १४ वर्ष सम्मका सबै किशोरीलाई खोप लगाउने गरी राष्ट्रिय स्तरको नियमित खोप कार्यक्रममा समावेश गरी नियमित खोप चल्ने स्वास्थ्य संस्थाबाट उपलब्ध गराइने जानकारी दिनुभयो । एच.पि.भिले महिलाहरुको पाठेघरको मुखको क्यान्सरको साथै यौनाङ्गमा आउने मुसा तथा यौनाङ्गको क्यान्सर समेत गराउन सक्ने बताउनु भयो ।

उहाँले पाठेघरको मुखको क्यान्सरको शुरुको अवस्थामा धेरै जसोमा लक्षण नदेखिएपनि अन्तिम अवस्थामा मात्र पहिचान हुनसक्ने बताउनु भयो । संक्रमण हुँदा पछि गएर तल्लो पेट दुख्ने, अनियमित रुपमा रगत बग्ने, धेरै रगत बग्ने, गन्हाउने पानी बग्ने, कमजोर हुँदै जाने र रक्त अल्पता जस्ता लक्षणहरु देखिने बताउनु भयो । एचपिभि मुख्यतः संक्रमित व्यक्तिसँगको यौन सम्पर्कबाट सर्ने र यो संक्रमित व्यक्तिको यौनाङ्गको छाला श्लेष्म झिल्ली वा तरल पदार्थसँगको सम्पर्कमार्फत पनि सर्नसक्ने डा.गौतमको भनाई छ ।

डा.गौतमले भन्नुभयो, ‘हामी अहिले एचपीभी खोपको डेमोन्स्ट्रेसन कार्यक्रम सञ्चालनमा छौँ । सात वटा प्रदेशका सात वटा अस्पतालबाट सञ्चालन गर्न गइरहेका छौँ । अहिलेको लागि लक्षित वर्ग भनेको १४ वर्ष नाघेको १५ वर्ष नपुगेको उमेर समूहका किशोरी हुन् । हामीले २० हजार मात्रा खोप लिएर आएका छौँ । नौ हजार आठ सय जना जतिलाई खोप दिनसक्छौँ । एचपिभि पाठेघरको मुखको क्यान्सर गराउने प्रमुख कारक हो । नेपालमा हेर्दाखेरी क्यान्सरमध्ये केसले गर्दा मृत्यु हुँदो रहेछ भनेर अध्ययन गर्दा महिलाहरुको मृत्युको प्रमुख कारण सर्भाइकल क्यान्सर हो । सर्भाइकल क्यान्सर गराउने एचपिभि भाइरसले गर्दा भएको कारण खोप लगाउन लागेका हौँ । सन् २०२० को तथ्याङ्कले पाठेघरको मुखको क्यान्सर तीन जनालाई लाग्यो भने दुई जनाको मृत्यु भएको देखाएको छ । त्यही भएर पनि उच्च प्राथमिकताका साथ सञ्चालन गर्न लागिएको छ । डेमोष्ट्रेसन कार्यक्रम भनेर सञ्चालन गर्न लागिएको छ । यसपश्चात राष्ट्रिय खोप कार्यक्रममा राखेर अन्य उमेर समूह(१० देखि १४ वर्ष ) का लागि क्रमशः एक वर्षपछि खोप कार्यक्रम सञ्चालन गर्नेछौँ । खोपको प्रभावकारिता ९५ प्रतिशत रहेको छ ।

खोप लगाइसकेपछि ३० वर्ष काटेका महिलाहरुले प्रत्येक पाँच पाँच वर्ष पाठेघरको मुखको क्यान्सर भए÷नभएको परीक्षण गर्नुपर्ने हुन्छ । शुरुमै इन्फेक्सन भएको जानकारी भए उपचार पनि हुन्छ । जुनसुकै खोप लगाउँदा दुखाई त हुन्छ । सुन्निने, डाबर आउने हुनसक्छ । सामान्य ज्वरो आउन सक्छ । जुन घरमा बसेर निको पनि हुन्छ । अहिले विश्वव्यापी रुपमा हामीलाई खोपमा सहयोग गरिरहेको गाभी भन्ने संस्था छ । र, हामी आफैँले पनि खरिद गर्न विश्वव्यापीरुपमा खोपको अभाव छ । गाभीबाट अनुदानमा आउने खोपको अभाव छ । त्यहीभएर थोरै मात्रामा खोप प्राप्त भएको छ । तसर्थ सायद एक वर्षपछि १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई खोप अभियान सञ्चालन गर्छौं । अहिले खोप पाउन नसक्नुभएकाले पछि पाउनुहुन्छ भनेर विश्वास दिलाउन चाहन्छु । खोपको अभाव भएका कारण थोरै संख्यामा मात्रै पाएका छौँ । एचपिभि खोप दिन मिल्ने उमेर समूह १० देखि १४ वर्षको उमेर तोकिएको छ । अन्य उमेर समूहमा प्रभावकारीता कम देखिएको छ ।’

एचपिभि खोप सेवा उपलब्ध हुने अस्पतालहरूमा कोशी प्रदेशमा कोशी अस्पताल विराटनगर, मधेस प्रदेशमा नारायणी अस्पताल वीरगञ्ज, परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल, गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा, लुम्बिनी प्रदेशमा भेरी अस्पताल नेपालगञ्ज, कर्णाली प्रदेशमा प्रदेश अस्पताल वीरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशमा डडेलधुरा अस्पताल डडेलधुरा रहेका छन् । खोपको शुभारम्भ परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल थापाथलीबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नतेले गर्ने कार्यक्रम तय भएको छ ।

न्यूज एजेन्सी नेपाल