२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाजवादी मोर्चाप्रति एमाले नेताको टिप्पणी: हात्ती लम्किएपछिको प्रतिक्रिया



अ+ अ-

नेकपा (एमाले) को पंक्ति नकारात्मक प्रचारबाजीबाट तरंगित हुन पर्दैन । दुई बर्षअघि कांग्रेस–माओवादीको उक्साहटमा पार्टी चोइट्याइएको बेलामा पार्टीलाई एकताबद्ध बनाउन सहमतिमा साथ अघि बढौँ भनेर कोसिस गर्दा ‘लौ एमालेमा आन्तरिक लोकतन्त्र खत्तम भो, निरंकुशता हावी भो, केपी ओली सर्वेसर्वा भोु’भनेर स्यालहुइँया मच्चाइयो ।

अधिवेशन/महाधिवशेनहरुको एक चत्र पूरा भएर अर्को चरण सुरु भएको बेला अहिले प्रतिस्पर्धाबाट नेतृत्व छानिँदा फेरि भनिँदैछ, ‘लौ एमालेमा खत्तम भो, अब चिरा पर्ने भो, गुटबन्दी भयो ।’
तर यी हल्लाबाट एमाले पंक्ति कत्ति पनि प्रभावित र विचलित हुनुपर्ने कारणै छैन । किनभने,अध्यक्ष केपी शर्मा ओलीको कुशल नेतृत्व र सबै नेता–कार्यकर्ताप्रतिको समान अभिभावकीय भूमिकाका बारेमा एमालेमा कुनै प्रश्न छैन र सिंगो पंक्ति उहाँको नेतृत्वप्रति अटल विश्वास गर्दछ ।

हामीले अंगीकार गरेको सिद्धान्त जनताको बहुदलीय जनवादका बारेमा एमालेमा हिजो जस्तो कुनै कचमच, दुविधा र किचलो छैन, हामी सबैको बुझाइमा एकरुपता छ ।

जबजले अंगीकार गरेको पहदकदमी र प्रतिस्पर्धाको अभ्यासलाई एमालेले आफ्नो आन्तरिक जीवनमा आफैँ लागू गरेको प्रारम्भ गरेको हो । यही भएरै हामी परम्परागत कम्युनिस्टहरुभन्दा पृथक र लोकप्रिय छौँ ।

सम्भव भएका ठाउँमा सहमति, सम्भव भएन भने प्रतिस्पर्धा लोकतन्त्ररुपी एउटै सिक्काका दुइटा पाटा हुन् । ख्याल गरौँ– हामी स्वयम् बहुलवादमा विश्वास गर्छौं र हरेक ठाउँमा विविधता छ भन्ने मान्छौँ । आफ्नो ठाउँको पार्टी कसरी अघि बढछ्, हामीले त्यही गर्नुपर्छ । अरुले के हल्ला गर्छन् भन्नुसँग मतलब छैन । हात्ती लम्किएपछि प्रतिक्रिया त आइहाल्छन् नि !

रिजाल एमाले केन्द्रीय सदस्य हुनहुन्छ