२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिया कपमा पाकिस्तानको विजय यात्रा जारी, बंगलादेश ७ विकेटले पराजित



अ+ अ-

लाहोर: एसिया कप क्रिकेट अन्तर्गत आज भएको खेलमा पाकिस्तानले बंगलादेशलाई सात विकेटले सहजै पराजित गरेको छ । बंगलादेशले प्रस्तुत गरेको १९४ रनको लक्ष्य पाकिस्तानले ३ विकेट गुमाएर पुरा गरेको थियो ।

टस जितेर पहिले ब्याटिङ रोजेको बंगलादेशले ३८.४ ओभरमा सबै विकेट गुमाएर १९३ रन मात्र बनाएको थियो । बंगलादेशका लागि अनुभवी कप्तान शकिब अल हसनले ५३ र विकेट किपर ब्याट्सम्यान मुस्फिकर रहिमले ६४ रनको योगदान गरेका थिए । तर अन्य ब्याट्सम्यान सस्तैमा पवेलियन फर्किएका थिए ।

पाकिस्तानका बलरहरु ह्यारिस रोउफले ४, नसीम शाहले ३, शाहिन शाह अफ्रिदी, फहिम अस्रफ र इफ्तिखर अहमदले क्रमश: एकएक विकेट लिएका थिए ।

जवाफमा ब्याटिङमा उत्रेको पाकिस्तानले १९४ रनको लक्ष्यलाई ३९.३ ओभरमा पुरा गरेको थियो । पाकिस्तानका लागि ओपनिङ ब्याट्सम्यान इमाम उल हकले ७८, मोहम्मद रिजवानले ६३, फखार जमानले २० र कप्तान बाबर आजमले १७ रन बनाएका थिए । इमाम उल हकले प्लेयर अफ द म्याचको पुरस्कार प्राप्त गरेका थिए । एजेन्सी

सुपर ४ को अंक तालिका
१. पाकिस्तान — १ खेल २ अंक
२. बंगलादेश — १ खेल ० अंक

सुपर ४ का खेलहरु
श्रीलंका र बंगलादेश (शनिबार)
भारत र पाकिस्तान (आइतबार)




भर्खरै