७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुन्दनराज काफ्लेले दिए बागमती कांग्रेसको सचेतकबाट राजीनामा



अ+ अ-

मकवानपुर । नेपाली कांग्रेस बाग्मती प्रदेश संसदीय दलका सचेतक कुन्दनराज काफ्लेले सचेतक पदबाट राजीनामा दिनु भएको छ ।

राजीनामा दिएको फोटो सामाजिक संञ्जालमा राख्दै काफ्लेले आफ्नो निर्वाचन क्षेत्रका नागरिकहरूको सेवामा समय दिन नपाएकाले सचेतक पदबाट राजीनामा दिएको उल्लेख गर्नुभएको छ ।

पदबाट राजीनामा दिएका काफ्लेले आफ्नो सम्पूर्ण समय पार्टी सङ्गठनलाई चलायमान र गतिशील बनाउन तथा दोलखाका नागरिकहरूको सेवामा व्यतीत गर्ने जनाउनु भएको छ ।

काफ्लेले नेपाली कांग्रेस बाग्मती प्रदेश संसदीय दलका नेता बहदुर सिं लामालाई राजीनामा पत्र बुझाउनु भएको छ ।

उहाँले लेख्नुभएको छ-

प्रमुख सचेतकको भुमिका निर्वाह गर्दा, पार्टी संगठन र दोलखाली जनसेवामा समय अभाव महसुस गरेको छु । अत: केन्द्रिय सदस्यको रुपमा कांग्रेसमा नवीन उर्जा भर्न थप क्रियाशिल रहन र दोलखाली जनताको सेवामा थप समर्पित हुन सो पदबाट राजीनामा दिएको छु ।’