१९ माघ २०८१, शनिबार
,
Latest
हमासले थप ३ इजरायली बन्धक रिहा गर्ने महाकुम्भ मेलामा ७७ देशका ११८ सदस्यीय प्रतिनिधि भ्रमण गर्दै बचतकर्ताको रकमको सुरक्षित हुनुपर्नेमा सभापति देउवाको जोड ठमेलमा लागेको आगलागीबाट ६५ लाखको क्षति स्वागत मन्तव्य राखेर मञ्चबाट ओर्लिएका वडाध्यक्षको निधन त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खलाः नेपाल थाइल्याण्डसँग चार विकेटले पराजित टाइगर कप भलिबलः टाइगर ग्रुप पोखरा फाइनलमा अध्यादेशले लगानीको वातावरणलाई सहज बनाएको छः मन्त्री पाण्डे विदेशमा ठूला काण्ड गर्नेहरु ठूलो नेता बन्छु भन्दै राजनीतिमा लागेका छन्ः उपप्रधानमन्त्री सिंह अध्यादेशको सही कार्यान्वयन हुन सके बेरोजगारी घटाउन सकिन्छः अध्यक्ष ढकाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

१८१ वटा कानूनहरु तदारुकताका साथ निर्माण गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण



अ+ अ-

काठमाडौ । नेकपा(माओवादी केन्द्र)का सांसद सुरेशकुमार आलेमगरले संविधान अनुसार बन्न बाँकी १८१ वटा कानूनहरु तदारुकताका साथ निर्माण गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको छ ।

सोमवार राष्ट्रिय सभा बैठकमा संविधान अनुसार बन्न बाँकी कानूनहरुको अध्ययन प्रतिवेदन, २०८० माथिको छलफलमा बोल्दै उहाँले संविधान अनुसार बन्न बाँकी काूननहरुको निर्माण गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको हो ।

उहाँले कतिपय कानूनहरु संविधान बनेको ३ वर्षभित्रै बन्नुपर्ने भएपनि हालसम्म बन्न नसकेको भन्दै उहाँले यसले गर्दा सरकारप्रति आशंका उत्पन्न भएको बताउनु भयो । उहाँले वर्तमान सरकारप्रति आदिवासी, जनजाति, दलित, मधेसी, महिला लगायत सम्पूर्ण उत्पीडित समुदायले आशाको दृष्टिले हेरेका उल्लेख गर्दै उनीहरुको आशा अनुरुप सरकारले काम गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘संविधानमा बन्न बाँकी कानूनहरुमध्ये पनि तुरुन्तै बन्नुपर्ने, २/३ वर्ष भित्रै बन्नुपर्ने स्पष्टसँग उल्लेख भएको कानूनपनि हामीले बनेको पाएनौँ । उदाहरणको लागि दलित सम्बन्धि कानून । दलित सम्बन्धि कानून २/३ वर्षभित्र बन्नुपर्ने । त्यस्तै अन्य कानूनहरु पनि थिए तर त्यो कानूनपनि बनेन । दलित समुदाय त्यस्तै अन्य आदिवासी, जनजाति, मधेशी, महिला, मजदुर, किसान यि सबै बारेमा पनि बन्नुपर्ने कानूनहरु बनेनन् ।

यतिबेला उत्पीडित समुदायका जनताले प्रचण्डको नेतृत्वमा रहेको यो सरकारप्रति उत्पीडित, आदिवासी, जनजाति, दलित, मधेसी, महिला सम्पूर्ण उत्पीडित समुदायले बडा आशाको दृष्टिले हेरेका छन् । संवेदनशील, गम्भिर यो बारेमा सरकार सकारात्मक छ भन्ने उनीहरुको सोचाइ रहेको छ । यस्तो सरकार हुँदाखेरी पनि यसतर्फ तदारुकता नदेखिएको हुँदा, यसतर्फ पहलकदमी नभएको हुँदा के हो कसो हो भन्ने एक प्रकारको सोचाइ उनीहरुमा परेको छ ।

त्यसकारण सरकारको ध्यान संविधान अनुसार बन्न बाँकी जुन कानूनहरु छन्, १८१ वटा कानूनहरु बनाउन सरकारले तदारुकता देखाउने छ भन्ने अपेक्षा लिन चाहान्छौँ । प्रधानमन्त्रीलाई यसतर्फ ध्यानाकर्षण गराउन चाहन्छौँ ।’ उहाँले कानून बनाउन सरकारले तुरुन्तै पहलकदमी लिनुपर्ने बताउनु भयो ।