७ भाद्र २०८३, आईतवार
,
Latest
देशका विभिन्न स्थानमा वर्षा, केही पहाडी क्षेत्रमा भारी वर्षाको पूर्वानुमान आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर गरिमा चौधरीका अभिभावकसँग सरकारको सहमति, न्याय र पुनर्निर्माणका लागि तीनबुँदे प्रतिबद्धता सुदूरपश्चिमका कला, संस्कृतिको संरक्षण र प्रचारप्रसार आवश्यक छ : प्रदेश प्रमुख मियाँ महावाणिज्य दूतावास जेद्दाद्वारा  श्रमिक सचेतना सञ्चालन पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’ नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न बालेन भ्रमणः मुस्ताङको ‘अफरोड’ मा कार्यकारीको ‘ड्राइभ’ हर्मुज जलमार्ग ‘अमेरिकी नियन्त्रण’ मा रहेको राष्ट्रपति ट्रम्पको दावी स्वास्थ्य-सेवामा सहजता दिलाउन बनेपाद्वारा चार संस्थासँग सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिगः वेस्टहाम विजयी



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत वेस्टहाम युनाइटेडले जित निकालेको छ । गएराति भएको खेलमा वेस्टहामले लुटन टाउनलाई उसकै मैदानमा २–१ गोलले पराजित गरेको हो ।

खेलको ३७ औं मिनेटमा जारोर्ड बोइनले गोल गर्दै वेस्टहामलाई खेलमा सुरुवाती अग्रता दिलाएका थिए । कर्ट जोउमाले ८५ औं मिनेटमा गोल थप्दै वेस्टहामको अग्रता दोब्बर पारे । यता, खेलको इन्जुरी समयमा माड्स जुएल एन्डरसनले गोल गरेपनि उक्त गोल लुटनका लागि सान्त्वना गोल हुन पुग्यो ।

जितसँगै वेस्टहाम ४ खेलबाट १० अंकका साथ तालिकाको शीर्षस्थानमा उक्लिएको छ । लुटनको यो लगातार तेस्रो हार हो । टोली अंकविनि रहँदै तालिकाको पुछारमा छ ।