५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब ममाथि नै प्रश्न उठ्छन्: पारस खड्का



अ+ अ-

काठमाडौं । प्रादेशिक क्रिकेट संघ वागमती प्रदेशको अध्यक्षमा निर्वाचित नेपाली राष्ट्रिय पूर्वकप्तान पारस खड्काले यसअघि क्रिकेटमा आफैले उठाउँदै आएको परिवर्तनका प्रश्न अब आफैमाथि आउने बताउनुभएको छ ।

ललितपुरस्थित धोबीघाटमा शुक्रवार भएको दोस्रो साधारण सभा तथा निर्वाचनबाट प्यानलसहित विजयी भएपछि पारसले सो धारणा राख्नुभएको हो । पूर्वकप्तान पारसले निकटम प्रतिष्पर्धी चितवनका उमेश पियालाई ९ मतले पराजित गर्नुभयो । अध्यक्ष पदमा विजयी भएपछि पारसले चार वटा जिल्लाको एउटा टिमले ३/५ महिनादेखि तयारी गरेको र सोही टिम वर्कका कारण जित सम्भव भएको बताउनु भयो ।

साथै पारसले पहिलोपटक यसरी निर्वाचनमा भाग लिएको उल्लेख गर्दै दुई दशकदेखि क्रिकेट खेले पनि निर्वाचनमा जाँदा केही फरक अनुभुति भएको धारणा राखे । क्रिकेट खेल्न छाडेपछि क्रिकेटमा पदाधिकारीका रूपमा काम गर्ने शुरुवात भएको पनि उनले बताउनु भयो । यसअघि आफैले उठाउँदै आएको परिवर्तनको प्रश्न आफैमाथि आउने पनि उनको भनाई थियो ।

आगामी दिन वागमती प्रदेश क्रिकेटका लागि धेरै काम गर्ने लक्ष्य रहेका पनि पारसले बताएका छन् । निर्वाचनमा अध्यक्ष उम्मेदवारी घोषणा गर्नुभन्दा अगाडि अफ्ठयारो अवस्थामा रहेको पारसले खुलासा गर्नुभएको थियो । यद्यपि, चार वटा जिल्लाको साथले आत्मबल बढेर निर्वाचनमा भाग लिएको उनको भनाइ थियो ।

असोज ५ र ६ गते काठमाडौंमा तय भएको केन्द्रिय महाधिवेशनका लागि सबै प्रदेशको निर्वाचन सम्पन्न भएको छ । केन्द्रिय निर्वाचनमा पारसले सचिव पदमा दाबेदारी दिने चर्चा चलिरहेको भन्ने प्रश्नमा उनले क्यानको प्रदेशका नयाँ निर्वाचित टोलीसँग छलफल गरेर अगाडि बढ्ने बताउनु भयो ।

वागमती प्रदेशका कुल ६ जिल्लामध्ये चार जिल्लाले यसअघि नै पत्रकार सम्मेलनमार्पmत पारसको नेतृत्वमा प्रदेशको निर्वाचनमा होमिने जनाएको थियो । साथै अन्य पदमा भने चार जिल्लाले बाँडेर निर्वाचन लड्ने घोषणा गरेको थियो । सोहीअनुरूप पारसको प्यानलले नै समान २३ मत पायो । १२ पदका लागि निर्वाचन हुँदा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी पूर्वकप्तान निरा राजोपाध्याय भने सदस्यमा निर्विरोध चयन हुनुभयो । कुल ३७ जना प्रतिनिधिले नै मतदानमा भाग लिएका थिए । त्यसमध्ये पारसले २३ मत र चितवनका उमेशले १४ मत पाए ।

उनको प्यानलबाट उठेका अधिकांशले सोही अनुपातमा मत पाए । उपाध्यक्षमा प्रेमबहादुर क्षेत्री २३ मत प्राप्त उनका प्रतिद्वन्दी रूपक रञ्जितले १४ मत पाए । सचिवमा प्रशन्न शाक्य २३ मतसहित निर्वाचित हुँदा प्रज्वल सापकोटाले १४ मत मात्र प्राप्त गरे । कोषाध्यक्ष पदमा सञ्जय बस्नेत २३ मतका साथ विजयी हुँदा विजय बोहोराले १४ मत प्राप्त गरे । सदस्य पदमा पारसकै प्यानलका अजयवीर पाण्डे, अनिल अधिकारी, सञ्जोग श्रेष्ठ, सुजन महर्जन, धिरज श्रेष्ठ, शेखर श्रेष्ठ र वसन्तराज सत्यालले समान २३–२३ मत प्राप्त गरे ।