४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

सार्वजनिक बिदामा आउँदैनन् सेवाग्राही

सार्वजनिक बिदामा आउँदैनन् सेवाग्राही
अ+ अ-

काठमाडौँ । जनैपूर्णिमा तथा रक्षाबन्धनको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । विभिन्न सार्वजनिक बिदामा पनि तीन प्रकारका सेवा प्रवाह सञ्चार गर्ने निर्णय गरे पनि बिहीबार काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा सुनसान जस्तै देखिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले गत वैशाख छ गते सूचना प्रकाशित गरी विभिन्न १८ प्रकारका सार्वजनिक बिदामा नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रसम्बन्धी जस्ता सेवा सञ्चालन गरे निर्णय गरेको थियो । सोही अनुसार आज नियमित सेवा सञ्चालन भए पनि सेवाग्राहीको सङ्ख्या अत्यन्तै न्यून मात्रै रहेको कार्यालयको भनाइ छ ।

दैनिक करिब औसत दुई सय सेवाग्राही राहदानीसम्बन्धी सेवा लिनका लागि आउने गरेकोमा कार्यालयमा आज ७३ जनाको पालो भए पनि २८ जना मात्र लिन आएको सहायक प्रमुख जिल्ला अधिकारी खड्गबहादुर श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै, दैनिक एक सय २० देखि दुईसयसम्म राष्ट्रिय परिचयपत्र लिन आउने गरेकोमा आज जम्मा पाँच जनामात्र आएको उहाँको भनाइ छ ।

श्रेष्ठले सेवा प्रवाहका लागि समयमै कार्यालय खुलेको भए पनि सेवाग्राहीहरु सेवा लिन सोचेअनुरुप नआउने गरेको बताउनुभयो । “सरकारको निर्णयअनुसार समयमै कार्यालय खोलेर सबै कर्मचारीहरु सेवामा हाजिर छौँ”, उहाँले भन्नुभयो, “तर, सेवा लिन आउँदैनन्, जानकारी नभएर पनि हुनसक्छ ।”

गृह मन्त्रालयले २०७९ चैत २ गतेदेखि राजपत्रमा प्रकाशित गरी जिल्ला प्रकाशन कार्यालय काठमाडौँले १८ प्रकारका सार्वजनिक बिदामा पनि सेवा प्रवाह गर्ने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार उक्त कार्यालयले चाडपर्व तथा दिवसमा नियमित सेवा प्रवाह गर्नुपर्नेछ ।

कार्यालयका अनुसार उभौली पर्व–चण्डीपूर्णिमा, बुद्ध जयन्ती, गणतन्त्र दिवस, गाईजात्रा, रक्षाबन्धन, श्रीकृष्ण जम्माष्टमी, इन्द्रजात्रा, घटस्थापना, क्रिशमस डे, किराँत समुदायको उद्यौली पर्व, योमरी पुन्हि–ज्यापू दिवस, तमुल्होसार, बुद्ध जयन्ती, माघी पर्व, जनयुद्ध दिवस, प्रजातन्त्र दिवस, महाशिवरात्री, अन्तर्राष्ट्रिय महिला दिवस, घोडेजात्रा, इद उल फित्र, बकर ईद र मच्छेन्द्रनाथको भोटो देखाउने जात्रा जस्ता सार्वजनिक बिदामा सेवा प्रवाह गर्ने निर्णय भएको छ । रासस