५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजविराजमा सालनालसहितको नवजात शिशु मृत फेला



अ+ अ-

राजविराज । सप्तरीको राजविराजमा आज सालनालसहितको नवजात शिशु मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

राजविराज–हनुमानगर सडक खण्डअन्तर्गत भलुवाही खोलामा छोरा जातको नवजात शिशु मृत फेला परेको कार्यालयका प्रहरी उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार आज बिहान भलुवाही पुलमुनी सालनालसहितको शिशुलाई स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मृत फेला परेका शिशुको घटनाबारे सुक्ष्म अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।