७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने

पर्यटन बोर्डले बजेट सुधार नगरेसम्म बजेट पास हुन सक्दैन: मन्त्री किराँती

पर्यटन बोर्डले बजेट सुधार नगरेसम्म बजेट पास हुन सक्दैन: मन्त्री किराँती
अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल पर्यटन बोर्डले बजेट सुधार नगरेसम्म बजेट पास हुन नसक्ने बताउनुभएको छ ।

बुधवार काठमाडौंमा टुरिस्ट बस एशोसिएशन अफ नेपालले आयोजना गरेको ‘टुरिस्ट बस नेपाल’ एप्स शुभारम्भ कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो ।

मन्त्री किराँतीले पर्यटन बोर्डको बजेट नसँच्चिएसम्म हतारमा पास गर्न नसकिने बताउनु भयो । उहाँले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनञ्जय रेग्मीप्रति लक्षित गर्दै बोर्डको बजेट कमिसनको दुनो सोझाउनको लागि तत्काल आउन नसक्ने बताउनु भयो । उहाँले भौतिक संरचना बनाउने काम पर्यटन बोर्डको नभएको बताउनु भयो । उहाँले पर्यटन क्षेत्रको विकासको लागि भौतिक संरचना निर्माण गर्ने पर्यटन विभाग रहेको भन्दै बोर्डले पर्यटनको प्रवद्र्धन गर्ने रहेको बताउनु भयो ।

मन्त्री किराँतीले बोर्डको बजेटमार्फत भौतिक संरचनामा बजेट छुट्याएर ५ देखि १० प्रतिशत कमिसनमा बस्ने जमानाको अन्त्य भएको बताउनु भयो । उहाँले आफू मन्त्रालयमा रहेसम्म भौतिक संरचना हुने कमिसनको खेल शुन्य बनाएर छाड्ने बताउनु भयो । मन्त्री किराँतीले पर्यटनक बोर्डले पर्यटक ल्याउने नाममा ८० देखि ९० करोड रकम युरोप भ्रमणमा खर्च गर्न नपाउने बताउनु भयो। उहाँले दुई छिमेकी राष्ट्रको जनसंख्या १३ अर्ब र अर्कोको डेढ अर्ब रहेको भन्दै पर्यटन प्रवद्र्धनको लागि चीन र भारतमा आधा बजेट खर्च गर्नुपर्ने आवश्कयता रहेको बताउनु भयो ।

उहाँले भूटान, बंलादेश र नेपालीहरुको धेरै श्रमको गन्तव्य भएको खाडी मुलुकहरुमा पनि जोड्ने प्रयास गर्नुपर्ने बताउनु भयो । उहाँले पर्यटन बोर्डले बजेटमा भौतिक संरचना निर्माण हटाएर प्रर्यटन प्रवद्र्धन गर्ने योजना नसच्याएसम्म बोर्डको बजेट नआउने बताउनु भयो। उहाँले बोर्डका आजसम्मका विकृति,विसंगतिहरु अन्त्य गर्न चाहेको उल्लेख गर्नुभयो । मन्त्री किराँतीले पर्यटन बोर्डको पैसामा आफन्त घुमाउने र महँगा सामानहरु ल्याएर बाँड्ने र बेच्ने सुविधा कसैलाई नभएको बताउनु भयो । उहाँले पर्यटन बोर्ड बिना पनि यो देश चल्नसक्ने भन्दै पर्यटन बोर्डले तत्काल बजेट सच्याए बजेट पास हुने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘पर्यटन बोर्डको बजेट सँच्चिएन भने अझै आउँदैन । अहिले नै बोर्डको बजेट हतारमा पास गरेर फेरि पनि कसैको दुनो सोझाउनको लागि बजेट आउँदैन । भौतिक संरचना बनाउने काम पर्यटन बोर्डको होइन । मैले शुरुमा नै बोर्डमा आएर भनेको छु । भौतिक संरचना निर्माण गर्ने पर्यटन विभाग छ । पर्यटन विभागले पर्यटनसम्बन्धि भौतिक संरचना निर्माण गर्ने हो । पर्यटनको प्रवद्र्धन बोर्डले गर्ने हो । भौतिक संरचनामा बजेट छुट्याएर ५ देखि १० प्रतिशत कमिसनमा बस्ने जमानाको अन्त्य भयो । म आइसकेको छु यो मन्त्रालयमा म हुन दिन्न । भौतिक संरचनामा कमिसन खेल शुन्य बनाएर छोड्छु । पर्यटनक बोर्डले पर्यटक ल्याउने नाममा ८० देखि ९० करोड पैसा युरोप भ्रमणमा पाइँदैन । हाम्रा दुई छिमेकी राष्ट्रको जनसख्या १३ अर्ब र अर्कोको डेढ अर्ब छ ।

चीन र भारतमा आधा बजेट खर्च गर्नुपर्छ । भूटान र बंलादेशमा पनि जोड गर्नुपर्छ । नेपालीहरुको धेरै श्रमको गन्तव्य भएको खाडी मुलुकहरुलाई पनि बनाउनु पर्छ । अनि मात्रै युरोपलाई पनि बनाउँला । त्यसैले यस्तो चिजहरु सँच्चिदैन भने पर्यटन बोर्डको बजेट आउँदैन । बोर्डका आजसम्मका विकृति,विसंगतिहरु अन्त्य गर्न चाहन्छु । पर्यटन बोर्डको पैसा माथि चयन गर्ने सुविधा कसैलाई छैन । आफू त घुम्छन् । त्यति मात्रै होइन आफ्नो साली,साढभाई घुमाउने,मित बुबा र आमा घुमाउने कसैलाई छुट छैन । विदेशमा जाने महँगा रक्सी,घडीहरु र मोबाइलहरु ल्याएर बाड्ने र बेच्ने सुविधा पनि कसैलाई छैन । पर्यटन बोर्डको बजेट सुधार नभएसम्म बजेट पास हुँदैन । कति महिना रोक्नुपर्ने हो । पर्यटन बोर्ड विना पनि यो देश चल्नसक्छ । तर विकृतिको डङ्गुर माथि बसेर जनताको पैसामाथि चयन गर्ने छुट सुविधा छैन । पर्यटन बोर्डले आजभोलि नै बजेट सच्याउने छ । त्यसपछि बजेट पास हुन्छ ।’

उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताउनु भयो । उहाँले राष्ट्रिय सहमतिको सरकार बनाउँदा सबैभन्दा पहिला मन्त्री पद त्याग्नुपर्छ भने मन्त्री पद त्याग्न तयार रहेको बताउनु भयो । मन्त्री किराँतीले आफू मन्त्री हुनको लागि नजन्मिएको भन्दै राष्ट्रिय आवश्यकता अनुसार तत्काल कुर्सी छोड्न तयार रहेको बताउनु भयो। उहाँले राजनीतिक स्थायित्वको लागि पुरानाको अनुभव र नयाँको जोसजागर मिलाएर अगाडि बढ्नुपर्ने बताउनु भयो । आजदेखि टुरिस्ट बस एशोसिएशन अफ नेपालले टुरिस्ट बसको टिकट अनलाइनको माध्यमबाट काट्न सक्नेगरी ‘टुरिस्ट बस नेपाल’एप्स सञ्चालनमा ल्याएको छ ।