४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र पाकिस्तानबीचको खेल दमौलीमा प्रत्यक्ष प्रशारण गरिने



अ+ अ-

काठमाडौँ । आज बुधबारदेखि हुन लागेको एसिया कप हेर्न देश तथा विदेशमा रहेका नेपाली दर्शकहरु आतुर छन् । एसिया कपको उबद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा आज दिउँसो ३ः१५ बजे हुनेछ ।

नेपाली क्रिकेट टोली एकदिवसीय वरियतामा विश्वको नम्बर एक राष्ट्र पाकिस्तानसँग खेल्दै छ । नेपाल र पाकिस्तानबीच आज पहिलो भेट हुनेछ ।

उक्त उद्घाटन खेल तनहुँको दमौलीस्थित हेल्थपोस्ट चौरमा प्रत्यक्ष प्रशारण गरिँदैछ । तनहुँ क्रिकेट सङ्घका अध्यक्ष मदन तिमिल्सिनाको पहलमा खेल प्रत्यक्ष प्रशारण गरिने भएको हो ।

यसैबीच, पछिल्लो समय क्रिकेट खेलतर्फ युवाको आकर्षण बढेसँगै तनहुँ जिल्लामा क्रिकेट खेलमैदानको खोजी गर्न थालिएको छ ।

व्यास नगरपालिका–५ पाटनस्थित खेलमैदानलाई क्रिकेट मैदानको रूपमा विकास गर्न गण्डकी प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सन्जयकान्त सिग्देलको नेतृत्वमा उक्त ठाउँको स्थलगत निरीक्षण गरिएको छ ।

खेलप्रति आकर्षण बढ्ने तर मैदान नहुँदा समस्या भएकाले क्रिकेट खेलमैदानको पूर्वाधार निर्माण गर्न लागिएको तनहुँ क्रिकेट सङ्घका अध्यक्ष मदन तिमिल्सिनाले जानकारी दिए ।

खेल हेर्न जनकपुर उपमहानगरपालिकाद्वारा २ बजेपछि विद्यालय बिदा

एसिया कप क्रिकेट, २०२३ हेर्नका लागि जनकपुरधाम उपमहानगरपालिकाले आज दिउँसो २ बजेपछि बिदा दिएको छ ।

वरिष्ठ उपसचिव मेहीलाल यादवले सूचना निकालेर बुधबार दिउँसो २ बजेपछि उपमहानगरभित्रका विद्यालय बन्द गर्न भनेका छन् ।

विद्युत् प्राधिकरणले एकदिन पछि सार्यो सटडाउनको तालिका

एसिया कपका लागि नेपाल विद्युत् प्राधिकरण उर्लावारी वितरण केन्द्रले सटडाउनलाई एक दिन पछि सारेको छ ।

बुधबार बिहान सूचना जारी गर्दै केन्द्रले एसिया कप क्रिकेट अन्तर्गत नेपाल र पाकिस्तानबीच खेल हुने समयमा सटडाउन भएकाले नेपाली जनताको खेलप्रतिको चासोलाई मध्यनजर गर्दै सटडाउन एक दिन पछि सारिएको जनाएको छ ।

सूचनामा भनिएको छ, ‘यस नेपाल विद्युत् प्राधिकरण उर्लाबारी वितरण केन्द्र अन्तर्गत तपसिलमा उल्लेख गरिएको स्थानहरुमा आज हुने विद्युत आपुर्ति बन्दको समयमा एसिया कप क्रिकेट अन्तर्गत नेपाल र पाकिस्तानबीच खेल हुने भएकोले नेपाली जनताको खेलप्रतिको चासोलाई मध्यनजर गर्दै उक्त सटडाउन तालिका परिवर्तन गरी भदौ १४ गतेका लागि तपशिल अनुसार हूने व्यहोरा जानकारी गराइन्छ।’