२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाल्पा दुर्घटना: मृतकको पहिचान खुल्यो



अ+ अ-

रामपुर । स्थानीय रब्दिकोट गाउँपालिका–२ स्थित जोर्तेमा भएको स्कारपियो जिप दुर्घनामा मृत्यु हुने तीनजनाको पहिचान खुलेको छ ।

मृत्यु हुनेमा गुल्मी जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी हबल्दार ३२ वर्षीय यमबहादुर बोहोरा, गुल्मीकै रेसुङ्गा नगरपालिका–७ बस्ने ५० वर्षीय मनकलाचुदारा, कास्की पोखरा महानगरपालिका–२५ हेम्जा बस्ने ३१ वर्षीय विनोद तिमिल्सिना रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

सडकमाथिबाट खसेको सुक्खा पहिराले स्कारपियो पुरिँदा तीनजनाको घटनास्थलमा नै मृत्यु भएको थियो । गाडीमा सवार अन्य आठजना घाइते भएका छन् । अहिले घाइतेहरूको प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

गुल्मीदेखि पाल्पातर्फ आउँदै गरेको लु१ज ४६०० नंकोे जिप पाल्पाको जोर्तेमा माथिबाट खसेको सुक्खा पहिराले आज बिहान करिब साढे ८ बजे पुरिएर दुर्घना भएको रिब्दिकोट गाउँपालिका–२ का वडाध्यक्ष ओमप्रकाश पोखरेलले बताउनुभयो । दुर्घटनाका सम्बन्धमा अहिले अनुसन्धान भइरको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस