२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाल्पा दुर्घटना: मृतकको पहिचान खुल्यो



अ+ अ-

रामपुर । स्थानीय रब्दिकोट गाउँपालिका–२ स्थित जोर्तेमा भएको स्कारपियो जिप दुर्घनामा मृत्यु हुने तीनजनाको पहिचान खुलेको छ ।

मृत्यु हुनेमा गुल्मी जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी हबल्दार ३२ वर्षीय यमबहादुर बोहोरा, गुल्मीकै रेसुङ्गा नगरपालिका–७ बस्ने ५० वर्षीय मनकलाचुदारा, कास्की पोखरा महानगरपालिका–२५ हेम्जा बस्ने ३१ वर्षीय विनोद तिमिल्सिना रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

सडकमाथिबाट खसेको सुक्खा पहिराले स्कारपियो पुरिँदा तीनजनाको घटनास्थलमा नै मृत्यु भएको थियो । गाडीमा सवार अन्य आठजना घाइते भएका छन् । अहिले घाइतेहरूको प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

गुल्मीदेखि पाल्पातर्फ आउँदै गरेको लु१ज ४६०० नंकोे जिप पाल्पाको जोर्तेमा माथिबाट खसेको सुक्खा पहिराले आज बिहान करिब साढे ८ बजे पुरिएर दुर्घना भएको रिब्दिकोट गाउँपालिका–२ का वडाध्यक्ष ओमप्रकाश पोखरेलले बताउनुभयो । दुर्घटनाका सम्बन्धमा अहिले अनुसन्धान भइरको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस